काठमाडौँ, २१ वैशाख । सरकारले यही वैशाख २६ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुुवाटारमा आइतवार भएको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको अर्थमन्त्रीका सञ्चार संयोजक यमन पौडेलले राससलाई जानकारी दिए । नेपालको संविधानअनुसार सङ्घीय संसद्को संयुक्त सदनमा जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधनअनुरुप बजेट अधिवेशनका निम्ति सिफारिस गरिएको हो । जेठ १५ अगावै पूर्व–बजेट छलफल गर्ने परम्परा छ ।
नयाँ संविधान जारी भएयता पूर्व–बजेट छलफलका लागि वैशाखको दोस्रोतिर बजेट अधिवेशन आह्वान हुने गरेको थियो तर यो वर्ष कोरोना भाइरसका कारण उत्पन्न जनस्वास्थ्यसम्बन्धी गम्भीर समस्याका कारण सरकारका नीति तथा कार्यक्रम र पूर्व–बजेट छलफल अपेक्षाकृत पर्याप्त मात्रामा हुन नसक्ने परिस्थिति सिर्जना भएको छ । पूर्व–बजेट र नीति तथा कार्यक्रममाथिको छलफलको अवधि कम गरेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारीमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग लागिपरेको छ ।
Related News
सम्बन्धित समाचार
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
hero news full width
मुख्य समाचार
आहारारा गोल्ड कप संकटालाई
पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
चैत्र २८, २०७७आहाराराले पाउनेछ नयाँ विजेता
चैत्र २८, २०७७देवचुलीमा पानीको हाहाकार
चैत्र २८, २०७७मुख्यमन्त्रीलाई सांसद खड्काको ब्याटल : शालीन लाग्थ्यो, नकाब उघ्रियो
चैत्र २७, २०७७