स्याङजा । कोरोना संक्रमणका कारण मुलुकभर भएको लकडाउनले बंगुरपालक भीमप्रसाद लुईंटेललाई दानाको अभाव भएको छ । दुई वटा फर्ममा रहेका सयौं बंगुरले बजार पाएका छैंनन भने हुर्कदो बंगुरलाई दाना नै खुवाउन नपाएकोमा उनी चिन्तित छन।
लकडाउनको आज ४० औं दिन भो । लाखौं रुपैंयाको ब्यापार घाटा सहुन परेको छ । ‘ब्यवसाय ठप्पै छ । दाना उत्पादकले उद्यारो दाना पठाउन मानेनन् ।’ उनले भने ‘दैनिक १५ देखि २० बोरा दाना, घरायशी अन्नपात आवश्यक पर्छ ।’ ठप्प ब्यवसायसंगै बंगुरका लागि आवश्यक पर्ने दाना, कर्मचारीको तलब बुझाउन कठिन हुदाँ ब्यवसाय नै धराशायी बन्ने हो कि भन्ने लुइटेलले चिन्ता पोखे।
झण्डै ६ बर्षअघि वालिङ नगरपालिका ९ पिपलटारीमा इन्द्रेणी बंगुरपालन फर्मबाट सुरु गरेका लुईटेलले ब्यवसाय फस्टाउदै गएपछि वालिङ १० मदिखोलामा पनि दोश्रो फर्म सुरु गरेका हुन । अहिले त उनी गण्डकी प्रदेशको नमूना बंगुर पालक घोषित भए।
फर्ममा साना ठूलागरी ६ सय ३५ वटा बंगुर छन् । २ सय वटा माउ छन । तिनीहरुले मासिक २ सय भन्दा बढी पठापाठी जन्माउछन।
लकडाउनसंगै फर्ममा ३ सय भन्दा बढी बेच्न तयार भएका पठापाठी थन्क्याएर राख्नु परेको लुइटेंलको चिन्ता छ । समय पुगेका पाठापाठी बेच्न नपाउदा आम्दानीको बाटो रोकिएको छ । दानाका लागि मासिक ३ लाख ५० हजार, कर्मचारी खर्च मासिक एक लाख ५० हजार र बैंकको किस्ता समेत जोहो गर्न कठिन परेको उनको भनाई छ । उनले १० जनालाई रोजगार दिएका छन्।
सेनामा रहेर राष्ट्रसेवामा सपर्पित रहने उनको चाहनालाई १० बर्षेजनयुद्धले विदेश जान वाध्य गरायो । ७ बर्षे बैदेशिक रोजगारको अनुभवपछि उनले जन्मथलो वालिङम फर्केर बंगुर पालन गर्दे आएका हुन । दश बर्षका १८ रोपनी जग्गा भाडामा लिएर फर्म संचालन गरेका छन् । फर्ममा बंगुरका लागि बिभिन्न झण्डै २ सय कोठा छन । प्रजनन कोठा, माउ, गर्भवती पाठा, पाठी कक्ष, बिक्री गर्ने बंगुर राखिने कक्ष, ब्याउने वंगुर राख्ने कक्ष, बिरामी बंगुर राख्ने कक्ष, स्वस्थ्य बंगुर कक्ष, भाले लगाउने कक्ष, बच्चा छुटाउने कक्ष भनेर छुट्टाछु्ट्टै बंगुर राख्ने ब्यवस्था मिलाईएको छ ।
२७ वटा पाठापाठीसहित ४ लाखबाट सुरु गरेको सो फार्ममा अहिले ३ सय माउ (ठूला) र २ सय वटा पाठापाठी वंगुर छन । फर्ममा ल्याण्ड्रेस र ड्यूरोक नामका बंगुर छन । ८ महिनाकी पाठी बंगुर गर्भवती बन्न सक्ने र १५ महिनामा ३ पटक ब्याउने गर्दछन् । वंगुरले एक बेतमा ८ देखि १२ वटासम्म पाठापाठी पाउछ।
पाठापाठी खरिदका लागि गण्डकी प्रदेशका पाल्पा, तनहुँ, लम्जुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दीबाट समेत मानिसहरु आउने गरेको र मासिक २ सय वटा बच्चा फर्मवाटै बिक्रि हुने गरेको छ । एक महिने पाठापाठीको मुल्य फर्मवाटै ५ हजार ५ सय रुपैंयामा बिक्री हुन्छ उनले भने।
फर्ममा स्थायीरुपमा ३ सय वटा बंगुर राखिन्छ । केही प्रजननका लागि त केही मासुका लागि पालिने गरिएका छन् । मासुका लागि बेचिने बंगुर एक सय ५० देखि २ सय केजी सम्मका हुन्छन । आम्दानी मध्ये ४० प्रतिशत खर्च हुने र ६० प्रतिशत बचत हुने गरेको उनले बताए।
Related News
सम्बन्धित समाचार
नाईकर्मी उद्योग वाणिज्य संघमा आउन आग्रह
पृथ्वी सहकारीको आठौं वार्षिकोत्सव
पोखरासँग ठूला सहर जोड्दै बुद्ध एअर
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
अखाद्य बस्तु बेच्ने र बिल नदिने पोखराका व्यवसायीलाई जरिवाना
hero news full width
मुख्य समाचार
बागलुङको बलेवामा १० दिन लकडाउन
अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल
वैशाख ७, २०७८पत्रकार महासंघ कास्कीको पदस्थापन
वैशाख ७, २०७८‘घर जलेर खरानी भो’
वैशाख ७, २०७८कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
वैशाख ७, २०७८माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
वैशाख ७, २०७८