भेरी नगरपालिका–१ पिपेस्थित ज्यामिरे ओढारमा बनाइएको क्वारेन्टाइनमा बसेका पिपेबासी । तस्वीरः हेमन्त केसी, रासस
भेरी नगरपालिका–१ पिपेका हरिबहादुर पुन अहिले दैनिक मकै रोप्नका लागि आफ्नो गोठमा उत्पादन भएको मल बोकिरहनुभएको छ । उहाँ हप्ता दिनअघि नुवाकोटबाट पिपेस्थित घरमा पुग्नुभएको थियो । घरमा आएलगत्तै पुनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरेको थियो ।
आग्रहबमोजिम उहाँसँगै आएका सातजना घर नजिकै रहेको ज्यामिरे ओडारमा गएर बस्नुभयो । अहिले उहाँहरु दैनिक ज्यामिरे ओडारबाट आएर दिउँसो घरमा सामाजिक दूरी कायम गरी मल बोक्नेदेखि घरायसी काम गरिरहनुभएको छ । गाउँघरभन्दा नजिकै रहेको ओडारमा राति सुत्ने र दिनभरि घरको काम गरिरहेको वडाध्यक्ष दीपक रानाले जानकारी दिनुभयो ।
वडा कार्यालयले व्यवस्था गरेअनुसार सो टोली आफूले रोजेरै ओडारमा बसिरहेको टार्जन पुनले जानकारी दिनुभयो । अहिले दिनमा सामाजिक दूरीका साथ गोठबाट खेतबारीमा मल बोक्ने राति भएपछि सातजनाको टोली ओडारमा गएर बस्ने गरेको स्थानीय पत्रकार सहदेव बस्नेतले जनाकारी दिनुभयो । “खेतबारीमा मल नबोक्ने हो भने बाली सप्रिँदैन, अर्को वर्ष के खाने ?” टार्जनले भन्नुभयो, “हामी राजी, खुशीका साथ राति ओडारमा बस्छौँ । बिहान खाना खाएर नियमित सामाजिक दूरीका साथ घरमा गएर काम गछौँ ।”
चौध दिनसम्म ओडारमा खाना र सुत्ने व्यवस्थासहित बसेर घर फर्कने उनीहरुको भनाइ छ । अहिले जाजरकोटमा बाहिरी जिल्लाबाट फर्केकाहरु राति क्वारेन्टाइनमा बस्ने र दिनमा सामाजिक दूरी कायम गरी घरायसी काममा जुटेको पाइएको छ । कसैले घरमा गहुँ भित्र्याउने काममा जुटेको पाइएको छ भने कतै मकै रोप्ने काममा लागेको देखिन्छ । अहिले धानको बीउसमेत राख्ने समय भएकाले खेतमा समेत देख्न सकिन्छ । जिल्लामा धेरै मानिस भित्रिएका कारण क्वारेन्टाइन भरिभराउ भएसँगै ओडारमा समेत व्यवस्थापन गरिएको स्थानीय सरकारले बताएका छन् । जिल्लाभरि रहेका विद्यालय क्वारेन्टाइनका लागि मुख्य थलो भएका छन् ।
विद्यालयका डेष्क, बेन्च हटाएर सामाजिक दूरी कार्य गरी बाहिरबाट आएका मानिस राखिएको छ । भेरी नगरपालिकाले सदरमुकामस्थित त्रिभुवन माविलगायत विद्यालयका क्वारेन्टाइन बनाएका छ । नलगाड नगरपालिकाले त्रिभुवन मावि दल्लीलगायत अन्य ठाउँमा क्वारेन्टाइन निर्माण गरेर मानिस व्यवस्थापन गरेको छ । त्यस्तै बारेकोट गाउँपालिकाले वीरेन्द्र ऐश्वर्य मावि लिम्सा, सरस्वती मावि सिलिङ्गीचौरदेखि अन्य सबै वडामा रहेका विद्यालयमा क्वरेन्टाइन निर्माण गरी १७६ जनालाई क्वारेन्टाइनमा राखेको छ । छेडागाड नगरपालिकाले पनि विद्यालयमा नै व्यवस्थापन गरेको बताएको छ । शिवालय गाउँपालिकाले पायक पर्ने विद्यालयमा नै व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । जुनिचाँदे गाउँपालिकाले सबै वडामा रहेका नजिकका विद्यालयमा क्वारेन्टाइन बनाएर काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो ।
उहाँले खाद्यान्न, अन्य औषधि, डाक्टर जान र आउन सक्ने सजिलो ठाउँमा क्वारेन्टाइन निर्माण गरिएको बताउनुभयो । जिल्लाका सबैभन्दा बढी बारेकोट गाउँपालिका र नलगाड नगरपालिका, भेरी नगरपालिकाका मानिस ‘लकडाउन’को समयमा बाहिरबाट बढी आएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा दुई हजारभन्दा बढी मानिस जिल्लामा भित्रिएका छन् । अझै देशका विभिन्न ठाउँमा अलपत्र परेका मानिस सांसद एवं मन्त्रीको पहलमा जिल्लामा भित्रिने क्रम जारी रहेको छ । जिल्लामा अहिलेसम्म ५०० दु्रत परीक्षणका लागि किट आए पनि क्वारेन्टाइनमा बसेका ४५० जना मानिसको कोरोना भाइरस जाँच गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ । विदेशबाट आएकालाई पहिलो प्राथमिकता बनाएर जाँच गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।
जिल्लामा अझै एक हजार ५०० किट आवश्यक रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो । हालसम्म कर्णाली प्रदेशका कुनै जिल्लामा पनि कोरोनाबाट सङ्क्रमण भएको व्यक्ति फेला नपरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
Related News
सम्बन्धित समाचार
युनाइटेड क्लबको वार्षिकोत्सव तथा सम्मान
अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल
पत्रकार महासंघ कास्कीको पदस्थापन
द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा
भेडीगोठमा झलल बिजुली, सरर्र मोटर
hero news full width
मुख्य समाचार
बागलुङको बलेवामा १० दिन लकडाउन
‘घर जलेर खरानी भो’
वैशाख ७, २०७८कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
वैशाख ७, २०७८माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
वैशाख ७, २०७८कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८