पोखराको नागढुंगामा आगलागी, फर्निचर उद्योग जलेर नष्ट

प्रकाश ढकाल
वैशाख २०, २०७७
Add Watermark20200502115933 (2)

फाेटाेः श्रीराम सुवेदी/आदर्श समाज

पोखरा । पोखराको नागढुंगा स्थित एक फर्निचर उद्योेगमा आगलागी भएको छ । आगलागीका कारण उद्योगमा रहेका सबैजसो सामान जलेर नष्ट भएको छ ।

सोही आगलागीका कारण नजिकै रहेको भैंसी फार्म र घरहरुमा समेत क्षति पुगेको छ । फार्मका भैंसी बाहिर निकालिएको छ ।

क्षतिको विवरण आउन बाँकी रहेको कास्की प्रहरी प्रबक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।

सुरक्षाकर्मी, दमकल र स्थानीयको सहयोगमा करिव डेढ घण्टा पछि आगो नियन्त्रणमा आएको छ । फर्निचर भित्र रहेको इन्भर्टर पड्किएर आगो लागेको अनुमान गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

फाेटाेः प्रकाश ढकाल।

फाेटाेः विजय नेपाल।

फाेटाेः रूपनारायण ढकाल।

Related News

सम्बन्धित समाचार

hero news full width