कोभिड–१९ को सङ्कट सकिएपछि नेपाल–भारत पर्यटनलाई नयाँ गति दिइने भएको छ । दुई देशबीचको पर्यटन प्रवद्र्धनलाई नयाँ दिशादिन सरोकारवाला निकायले छलफल अघि बढाएका हुन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले भारतका पर्यटन संघ–संस्थाका प्रमुसखहरुसँग नेपाल–भारत पर्यटनलाई कोरोना सङ्कटपछि नयाँ गतिदिने विषयमा अनलाइन छलफल गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।
छलफलमा भारतीय पर्यटनका अगुवा ज्योति मयल, अध्यक्ष भारतीय ट्राभल एजेण्टस एशोसिएशन; पिपि खन्ना अध्यक्ष भारतीय आन्तरिक पर्यटन टुर अपरेटर एशोसिएशन; क्याप्टेन स्वदेश कुमार, अध्यक्ष भारतीय एड्भेन्चर टुर अपरेटर एशोसिएशन; प्रदीप लुल्ला अध्यक्ष, भारतीय ट्राभल एजेण्टस फेडेरेसन र महेन्द्र भखारिया निर्वतमान अध्यक्ष भारतीय आउटबाउण्ड टुर अपरेटर्स एशोसिएशन सहभागी रहनुभएको थियो भने बज भारतीय ट्राभलका प्रमुख सञ्चित जैनले छलफलको समन्वय गर्नुभएको थियो ।
बोर्डका कार्यकारी प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले उक्त छलफलमा बोर्डले वर्तमान सङ्कटका समयमा नेपालमा भएका पर्यटकलाई आफ्नो देश फर्किन गरिएको कामका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले नेपाली पर्यटन उद्योगको क्षति विवरणका लागि सर्भेक्षण गरिरहेको, नेपाल सरकारसँग पर्यटन उद्योगलाई राहत प्याकेजका लागि गरिरहेको पहलकदमीबारे अवगत गराउनुभएको थियो ।
त्यसैगरी नेपाली पर्यटन उद्योगलाई आगामी दिनमा आवश्यक हुने हाइजिन स्यानिटेशनको व्यवस्था, भारतीय बजार लक्षित हिलस्टेशन र मझौला पहाडी भागमा नयाँ पर्यटकिय गन्तब्यको विकासका साथै ती स्थानमा मनोरञ्जनका आयामका लागि बोर्डले गरिरहेको पहलबारेमा पनि जानकारी गराउनुभयो ।
छलफल कोरोना पछिका दिनमा भारतीय पर्यटकको नेपाल भ्रमणका लागि चाहिने आत्मविश्वासका लागि गरिनुपर्नेलगायत विविध अभियानका बारेमा केन्द्रित थियो । सबै सहभागी भारतीय पर्यटनका शीर्ष व्यक्तिले सङ्कटपश्चात् भारतीय पर्यटक भ्रमणमा सामाजिक दूरी र सुरक्षाका विषयमा बढी सचेत हुने बताउँदै नेपालले गन्तव्यमा यसको प्रबन्ध गर्न अनुरोध गर्नुभएको थियो । नेपालको यो सङ्कटमा हालसम्म शुून्य मृत्युको अवस्थाले आगामी दिनमा भारतीय बजारमा छुट्टै स्थान बनाउने र नेपालप्रतिको विश्वास अझ बढाउने सहभागीको भनाइ थियो ।
साथै छलफलका क्रममा नेपाली र भारतीय ट्राभल उद्योगले समन्वयमा काम गरी भारतीय पर्यटकलाई नयाँ आत्मविश्वास प्रदान गर्नुपर्ने आवश्यकता पनि औँल्यायो । नेपाली आतिथ्यता र सत्कारलाई नेपाली पर्यटनको आधार भएको मनन गरी नेपालको नयाँ परिचय स्थापित गराउने कार्यलाई तीव्रता दिन पनि सहभागीले विशेष अनुरोध गरेका थिए । बजारीकरण र प्रवद्र्धनका कार्यमा नेपाली र भारतीय समकक्षीको संयुक्त प्रयास गराउन भारतीय पर्यटन सङ्घ–संस्थाले आफ्नो सदस्यलाई सक्रिय गराउने विषय पनि छलफल भएको थियो ।
नेपाल–भारत पर्यटन टास्कफोर्स समिति बनाउन नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले गर्नुभएको प्रस्तावलाई आगामी दिनका छलफलले टङ्ग्याउने सहमति भएको छ । बोर्डले आगामी दिनमा भारतीय समकक्षीसँगको छलफललाई तीव्रता दिने र यस किसिमको गन्तव्य वेभिनार संयुक्तरुपमा आयोजना गर्दै जाने निर्णय पनि सो अवसरमा सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
आहारारा गोल्ड कप संकटालाई
पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
hero news full width
मुख्य समाचार
कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
आहाराराले पाउनेछ नयाँ विजेता
चैत्र २८, २०७७देवचुलीमा पानीको हाहाकार
चैत्र २८, २०७७मुख्यमन्त्रीलाई सांसद खड्काको ब्याटल : शालीन लाग्थ्यो, नकाब उघ्रियो
चैत्र २७, २०७७माओवादी केन्द्रले दर्ता गरायो गृहमन्त्री थापाले दल त्याग गरेको सूचना
चैत्र २७, २०७७सुवेदीको सिफारिसमा सर्वोच्च बारको ध्यानाकर्षण
चैत्र २७, २०७७