Worldlink ads

पोखरा रंगशालाका मजदुरहरुलाई राहत

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७७
95366853_2933025626775392_3991986043648737280_n

पोखरा १९, वैशाख । पोखरा रंगशालामा हाल कार्यरत मजदुहरुलाई खाद्य सामाग्रि चामल सहयोग हस्तान्तरण गरिएको छ ।

पोखराकी लक्ष्मी गुरुङ, मनकुमारी गुरुङ र कमला गुरुङले १५ वोरा चामल राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेश गुरुङ मार्फत उक्त चामल सहयोग हस्तान्तरण गरेका हुन्।

स्वदेश तथा विदेशमा रहेका दाताहरुको सहयोगबाट उक्त सहयोग गरेको लक्ष्मी गुरुङले बताइन् । राखेप सदस्य गुरुङले मे १ तारिक अर्थात मजदुर दिवसको अवसरमा खाद्य सामाग्रि सहयोग गरेकोमा धन्यवाद दिदै सामाजिक दुरी कायम गरी हाल मजदुरहरुलाई खाजा तथा खानाको व्याबस्था रंगशालामै गरी मजदुहरुलाई काममा लगाएको बताए ।

उनका अनुसार पोखरा रंगशालमा हाल करिब ६० जना मजदुहरु विभिन्न खेलकुदका भौतिक निर्माणको योजनामा आवद्ध भएकाछन्। ठेक्दारले भनेको समयमा रकम दिन नसकेको अबस्थामा हाल उनीहरुलाई राहत उपलब्ध गराउनु परेको उनले जनाए ।

विभिन्न जिल्लाबाट आएका मजुदरुहरुलाई पोखराको फुटवल प्रशिक्षण मैदान, नाला, स्ल्याव, रंगशालाको झाडी फाड्ने देखि रंगशाला सजिसजावटमा मजदुहरुलाई हाल परिचालन भएको राखेप सदस्य गुरुङले जनाए । सहारा हङकङका अध्यक्ष दीपक गुरुङले मजदुहरुको लागि खाद्य सामाग्रि सहयोग गर्ने भएका छन् ।

Related News

सम्बन्धित समाचार

    • लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचित टोलीलाई व्यवसायीको बधाई

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      पोखरा । पोखरा उद्योग वाणिज्य संघले लेखनाथ उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष छत्रधर आत्रेय नेतृत्वको कार्यसमितिलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना…
    • नेप्सेमा उच्च अङ्कको गिरावट

      रासस असाेज ११, २०७८
      काठमाडौं । आइतबार जस्तै आज पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल…
    • मध्य भोटेकोशीको आइपीओ बाँडफाँट

      रासस असाेज ११, २०७८
      काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बाँडफाँट गरेको छ…
    • विजेतालाई उपविजेताको सम्मान !

      रामशरण नेपाली असाेज ९, २०७८
      लेखनाथ । चुनावमा पराजित भएसँगै संस्थालाई फर्केर नहेर्ने कतिपय उम्मेदवारको प्रवृत्ति हुन्छ । तर लेखनाथ उद्योग वाणिज्य संघको इतिहासमै नयाँ अभ्यास…
    • ३ खर्बको आयात हुँदा ४४ अर्बको निर्यात

      रासस असाेज ८, २०७८
      काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads