यातायात मजदुरलाई राहात

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७७
pp

पोखरा, १९ वैशाख । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीले लकडाउन (बन्दाबन्दी) को समयमा समस्यामा परेका आफ्ना सदस्यलाई राहात वितरण गरेको छ ।

संगठनका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार संगठनले तीन चरणमा गरेर ६ सय ७५ सदस्यहरुलाई राहत वितरण गरेको छ । संगठनको ७ लाख ५० हजार बराबरको आन्तरिक श्रोतबाट राहात वितरण गरेको हो । संगठनको बसपार्क स्थित कार्यालय र लेखनाथमा राहात वितरण गरिएको हो ।

संगठनका अध्यक्ष भीम ज्लावा राईका अनुसार संगठनले देशभर २ हजार ८ सय यातायात मजदुरलाई राहात वितरण गरेको छ । प्रदेश नम्बर १ मा ९ सय ५२ जना, प्रदेश नम्बर २ मा ३ सय ६१ जना, बागमती प्रदेशमा ६ सय ७ जनालाई राहत वितरण गरिएको छ । प्रदेश नम्बर ५ मा १ सय २१ जना तथा सुदुरपश्चिम प्रदेशमा १ सय ५३ जनालाई राहत वितरण गरेको वताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width