महानगरद्वारा सरसफाइ कर्मचारीलाई सुरक्षा सामग्री प्रदान

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७७
pkr mahanagr

पोखरा, १९ वैशाख । मे १ अर्थात मजदुर दिवसमा पोखरा महानगरपालिकाले सरसफाइ शाखा र ल्यान्डफिल साइटमा कार्यरत कर्मचारीलाई सुरक्षा सामग्री प्रदान गरेको छ ।
कोरोना भाइसरको जोखिम रहेको बेलामा सरसफाइ र ल्यान्डफिलसाइटमा काम गर्ने कर्मचारीको सुरक्षाको लागि सामग्री महानगरपालिकाले प्रदान गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सरसफाइ शाखा प्रमुख कल्पना बराल र ल्यान्डफिल साइटका इन्चार्ज रेशम जिसीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
सरसफाइ शाखामा २० जना र ल्यान्डफिल साइटमा १२ जना कर्मचारी कार्यरत छन् । ३२ जना कर्मचारीलाई सर्जिकल मास्क, गमबुट, सेनिटाइजर, पञ्जा साबुन प्रदान गरिएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिसीले कर्मचारीको स्वास्थ्यको सुरक्षाप्रति महानगर सचेत रहेको बताउँदै कर्मचारी स्वास्थ्य बिमालाई पनि महानगरले प्राथमिकतामा राखेको बताए । कोरोना महामारीको समयमा सचेत भएर काम गर्न पनि कर्मचारीलाई जिसीले आग्रह समेत गरेका छन् । कर्मचारीलाई अनिवार्य रुपमा सामग्री प्रयोग गरेर मात्र काम गर्न पनि जिसीले निर्देशन दिए । कार्यक्रममा उपप्रमुख मञ्जुदेवी गुरुङ सहभागी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width