पौडी खेल्ने क्रममा ७ बर्षीया बालिका नारायणी नदीमा वेपत्ता

ramkumarshrestha रामकुमार श्रेष्ठ
वैशाख १९, २०७७

नवलपरासी, १९ बैशाख । पूर्वी नवलपरासीमा ७ बर्षीया बालिका नारायणी नदीमा पौडी खेल्ने क्रममा हराई वेपत्ता भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार साथीहरुसँग नारायणी नदीमा पौडी खेल्न गएकी गैडाकोट १० निवासी भविसरा अस्लामी मगरकी ७ बर्षीया जुना अस्लामी मगर नदीमा वेपत्ता भएकी हुन् ।

उनी हिजो दिउँसो देखि वेपत्ता भएको र उनीको खोजी कार्य जारी रहेको नवलपुर प्रहरीले जनाएको छ ।

हाम्रो सुझाव