कार दुर्घटनामा एकको मृत्यु, दुई घाइते

रामकुमार श्रेष्ठ
वैशाख १९, २०७७
accident 19

नवलपरासी, १९ बैशाख । नवलपरासीको बर्दघाटबाट त्रिवेणी जादै गरेको कार दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ, २ जना भाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय सेमरीका प्रमुख फोजदार यादवका अनुसार दुर्घटनामा बा १२ च २००९ नम्बरको कारका चालक बर्दघाट ४ शिव कोलोनी निवासी ४४ बर्षीय हरि कृष्ण भुर्तेलको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बर्दघाट नगरपालिका वडा नम्बर ४ निवासी रामप्रसाद पाण्डे र गोकर्ण शर्मा घाइते भएका छन ।

उनीहरुलाई उपचारको लागि भरतपुर पठाइएको छ । कार तिव्रगतिमा रहेको र अनियन्त्रित हुदा बिजुलीको पोलमा ठोक्किएको प्रहरीको भनाई छ ।

मृतक दाउन्ने केवलका सञ्चालक एवम् सञ्चार उद्यमी हुन् ।

फाेटाेः दुर्घटनामा मृत्युभएका हरि कृष्ण भुर्तेल ।

Related News

सम्बन्धित समाचार

hero news full width