रोल्पामा बम विस्फोट, ४ बालबालिकाको मृत्यु

प्रकाश ढकाल
वैशाख १८, २०७७
Rolpa_district_location

पोखरा । रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ । ७ नम्बर वडाको गैरीगाउँमा बेवारिसे बम खेलाउँदा अकस्माक पड्किएर उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५ बर्षिया एक बालिका र अरु बालक छन् । ११, १३ र १४ बर्षका बालकको मृत्यु भएको गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले जानकारी दिए ।

‘बाख्रा चराएर फर्किँदै गर्दा बम देखेर खेलाउन लाग्दा पडि्एकाे भन्ने बुझिएको हो । हामी घटनास्थल पुग्दा सबैको मृत्यु भैसकेको रहेछ,’ उनले आदर्श समाजसँग भने, ‘अहिले प्रहरीहरु आईपुगिसक्नुभएको छ । आर्मीको टोली आउँदैछ ।’

Related News

सम्बन्धित समाचार

hero news full width