बजारबाहिर निर्माणको काम थाल्ने गण्डकीको निर्णय

प्रकाश ढकाल
वैशाख १८, २०७७
gandaki_pradesh

पोखरा । गण्डकी प्रदेशभित्र विकास निर्माणको काम सुरु गर्ने निर्णय भएको छ । बजारी क्षेत्रभन्दा बाहिरका विकास निर्माणको काम नियमित रुपमा अघि बढाउने निर्णय गरिएको हो । प्रदेशस्तरीय क्राईसिस म्यानेजमेण्ट कमिटिको बैठकले अत्यावश्यक निर्माणको काम थाल्ने निर्णय गरेको हो ।

लकडाउनको अवधी अहिले नै भन्न सक्ने अवस्था छैन । विकास निर्माणको लागि अहिलेका सबैभन्दा बढी चाप यही महिनामा पर्छ । लकडाउने पूरा काम ठप्प छ । ‘गण्डकी ग्रिन जोन बनिसक्यो । यहाँ कोरोना छैन । अब बाहिरका नाकाहरु सील गरेर भित्रि मुभमेण्ट विस्तारै खुकुलो पार्नुपर्छ,’ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही समयअघि पत्रकार सम्मेलनमा भनेका थिए, ‘मनाङ, मुस्ताङजस्ता जिल्लामा किन चाहिन्छ लकडाउन ? खेती किसानी र विकास निर्माणको काम अब रोक्नु हुन्न ।’

खासगरी सडक, खानेपानी, सिंचाई र विद्युत तथा खहरे नियन्त्रणको काम सुरु गर्ने निर्णय भएको हो । त्यसका लागि आवश्यक पर्ने निर्माण सामग्री अनुकुल समयमा ढुवानी गर्न निर्देशन गरिएको छ । निर्माण र कृषिसँग सम्बन्धित पसलहरु पनि खोल्ने अनुमति दिन जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिईएको छ । ‘सम्भव भएसम्म रातको समयमा ढुवानी गर्ने । शहर, बजार र घनाबस्ती बाहिर अत्यावश्यक निर्माण ब्यवसायको काम सुरु गर्ने,’ मापदण्डमा भनिएको छ, ‘यससँग सम्बन्धित सामग्री खरिदका लागि आवश्यक पसल खोल्न जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्नेछ ।’

निर्माण क्षेत्रमा काम गर्ने मजदुरको फोटो सहित विवरण राख्ने र स्थानीय बस्तीलाई असर नपर्ने गरी साढे १ मिटरको दुरी कायम गरेर निर्माणको काम थाल्ने मापदण्ड बनाईएको छ । निर्माण क्षेत्रमा अनाधिकृत ब्यक्ति छिर्न पाउने छैन भने ढुवानी गर्ने साधनलाई प्रत्येक पटक डिसइन्फेक्सन गरिनेछ ।

Related News

सम्बन्धित समाचार

  • रामघाटमा हरिबोधनी एकादशी रौनक

    आदर्श समाज सम्वाददाता कार्तिक २८, २०८१
    पोखरा । फूलैफूलको डोली । त्यसभित्र बेरिएको तोरण । त्यसलाई बोक्न बाजागाजा र भजनकीर्तनसहित मानिसको हुल । बाटोभरी नाचगान गर्दै…
  • रुपन्देहीमा रविको इन्कारी बयान

    आदर्श समाज सम्वाददाता कार्तिक २८, २०८१
    पोखरा । कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बुटवलको सुप्रिम सहकारीबाट गोर्खा मिडियामा उनको नाममा…
  • मनाङे जेल चलान : अपराधको साम्राज्यदेखि राजनीतिमा राज

    आदर्श समाज सम्वाददाता कार्तिक २८, २०८१
    पोखरा । राजीव गुरुङ उर्फ दीपक मनाङे, पछिल्लो ३० वर्ष निकै सुनिएको नाम । २० वर्ष गुण्डागर्दीमा र त्यसयता राजनीतिमा…
  • दीपक मनाङे जेल चलान

    आदर्श समाज सम्वाददाता कार्तिक २७, २०८१
    पोखरा । गण्डकी प्रदेशसभाका सदस्यसमेत रहेका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) अन्ततः जेल चलान भएका छन् । मंगलबार बिहान काठमाडौँको…
  • रवि लामिछानेलाई रुपन्देही लगियो

    आदर्श समाज सम्वाददाता कार्तिक २७, २०८१
    पोखरा, २७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार कास्कीबाट रुपन्देही लगिएको छ । बिहान…

hero news full width

trending post

ट्रेन्डिङ्ग