मुस्ताङको साग निःशुल्क वितरण गरे सांसद विष्टले

रासस
वैशाख १८, २०७७
20200430_102913

पोखरा, १८ वैशाख । मुस्ताङ जिल्लाबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले तेस्रोपटक आज पोखरामा कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई मुस्ताङको साग वितरण गरेका छन् ।

बन्दाबन्दीका कारण मुस्ताङको घरपजोङ गाउँपालिकाका विपन्न परिवारले उत्पादन गरेको साग बिक्री नभएपछि उनले आफ्नो निजी खर्चमा खरिद गरी पोखराका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई निःशुल्क वितरण गरेका हुन् । उनले मुस्ताङबाट प्रतिकिलो रु ३० का दरले साग खरिद गरेको बताए ।

पहिलो चारणमा दुई हजार केजी, दोश्रो र तेश्रो चरणमा एक÷एक हजार केजी खरिद गरि वितरण गरेको बताउँदै उनल बताए । “उपल्लो मुस्ताङका ट्रक व्यवसायीले पोखरासम्म साग निःशुल्क ढुवानी गरिदिएकाहुन् ।” हाइअल्टिच्यूटमा उत्पादित अर्गानीक मार्फाको साग नरम, छिटो पाक्ने र स्वादिष्ट हुने भएका कारण पोखरा बजारमा यसको माग उच्च रहेको छ । हवाईजहाजबाट ढुवानी गरिएको सो साग पोखरा बजारमा रु एक सयदेखि एक सय पचास सम्ममा बिक्री हुने गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width