चेपाङ परिवारलाई खाद्यन्न सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७७
chamal photo

गोरखा, १८ बैशाख । गोरखा जिल्लाको गण्डकी गाउँपालिका–१ मा रहेका ३० घरधुरी चेपाङ परिवारलाई अष्ट्रेलियामा रहेका जोन घलेले खाद्यन्न सहयोग भएको छ ।

माछा खोलामा निर्माणाधीन विकास हाइड्रोपावर कम्पनीका सञ्चालक समेत रहेका घलेले यस अघि उत्तरी गोरखामा रहेका समस्यामा परेका परिवारलाई समेत सहयोग प्रदान गर्दै आइरहेका छन् ।

चेपाङ परिवारलाई २० बोरा चामल, नून, तेल गण्डकी गाउँपालिका वडा नंं. १ का सदस्य मीनबहादुर सुनार लगायतको रोहवरमा पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो । दैनिक ज्यालादारीहरुको समस्यामा स्थानीय सरकार हनुमान समान रहेपछि पीडित परिवारलाई सहयोग गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width