नेत्र गुरुङको सर्ट फिल्म ‘राहत’ युट्युबमा सार्वजनिक (भिडियो सहित)

विनिता सुनार
वैशाख १८, २०७७
94878504_1709827982491183_374745019086536704_n

पोखरा, बैशाख १७ । कारोना भाइरस रोकथामका लागि देश अहिले लकडाउनमा छ । सबै नागरिकहरु होम क्वारेन्टिनमा बस्न बाध्य छन् । त्यहि लकडाउनका कारण परेको समस्याको आधारमा निर्देशक नेत्र गुरुङको कथा तथा निर्देशनमा छोटो फिल्म ‘राहत’ युट्युबमा सार्वजनिक भएको छ ।

नेत्र ईण्टरटेन्टमेन्टको प्रस्तुतीमा उक्त भिडियो बुधबार सार्वजनिक भएको हो । उनले केहि समय पहिला ‘लकडाउन’ नामको छोटो फिल्म पनि युट्युबमा सार्वजनिक गरेका थिए ।

राहत प्याकेजको दुरुपयोग सँगै लकडाउनका कारण दैनिक ज्यालादारी मजदुरको व्यथालाई देखाउन खोजिएको छ ।

कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनका बेलामा दैनिक ज्यालादारी मजदुरको हातमा कसरी पुगेको छैन भन्ने बिषयमा फिल्म बनाइएको निर्देशक नेत्र गुरुङले बताए।

उक्त छोटो चलचित्रमा पत्रकार तथा कलाकार रेम रसाईली, विभु भुसाल, अनिषा श्रेष्ठ सहित गीता पराजुली र प्रतिक्षा पौडेलको अभिनय रहेको छ ।

प्रकाश ‘गुरुङ काश’ ले खिचेको फिल्मलाई विजयराज अधिकारीको निर्माण व्यवस्थापक रहेको छ । उक्त छोटो फिल्ममा पोखरा फिल्म सोसाइटी, ज्ञान करियर ईन्ष्टिच्युट, जक्सन डटकम, प्रोडक्सन सी लगायतका सँस्थाहरुले सहयोग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width