पाेखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेश कार्यालयमा गत वर्षको तुलनामा १५ प्रतिशतले बढी उजूरी परेका छन् । पोखरास्थित सो कार्यालयमा यस आर्थिक वर्ष २०७६/७७ को पछिल्लो नौ महिनामा ७६१ उजूरी परेको छ ।
यो गत वर्षको भन्दा १५ प्रतिशतले बढी हो । कार्यालयका प्रवक्ता मेघनाथ रिजालका अनुसार सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित २१८ उजूरी परेका छन् । परेका उजूरीमा स्थानीय तह शिक्षाबारे १२५, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय ७५, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ५४, प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थय मात्र ३४, प्रदेश भौतिक पूर्वाधार, यातायात, खानेपानी र शहरी विकासमा ५०, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय २२, प्रदेश उद्योग, पर्यटन वन तथा वातावरणको २९ छन् ।
अन्य बाँकी मन्त्रालयको १५४ उजूरी रहेको छ । सात सय ६१ उजुरीमध्ये ३०५ उजुरी मात्र फछ्र्यौट भएको जनाइएको छ । आयोगले गत वर्षको आवमा जम्मा छ स्टिङ अपरेशन (रङ्गेहात पक्राउ) गरेकामा यो आवको नौ महिनमा १० स्टिङ अपरेशन गरेको छ ।
जिल्लागतरूपमा सबैभन्दा बढी कास्कीमा ३४७ उजुरी परेको छ । स्याङ्जामा ७९, तनहुँमा ७६, पर्वतमा ६६, बागलुङमा ५१, गोरखामा ५१, म्याग्दीमा ४४ लमजुङमा ४०, मुस्ताङ छ र मनाङमा एक/एक छन् । उपसचिव रिजालले आयोगले पञ्चवर्षीय रणनीति तयार गरी चारखम्बे आधारस्तम्भ अन्तर्गत प्रवद्र्धनात्मक, निरोधात्मक, दण्डनात्मक र संस्थागत क्षमता अभिवृद्धिमार्फत कार्ययोजना अघि सारेको बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रदेशमै उत्कृष्ट
नाम चम्काउँदै नवीन
गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
hero news full width
मुख्य समाचार
किलर माउन्टेनमा एकै दिन ६७ आरोही
पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा
वैशाख ७, २०७८बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
वैशाख ६, २०७८पोखरामा कोरोना संक्रमितको मृत्यु
वैशाख ६, २०७८