Worldlink ads

प्रहरीकै नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

रासस
वैशाख १८, २०७७
suicide

सलको पासो लगाएर मङ्गलबार आत्महत्या गर्नुभएकी बागलुङ नगरपालिका–३ निवासी ३० वर्षीया सम्झना किसानका परिवारले प्रहरीकै नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन् ।

बागलुङ नगरपालिका–२ माझकोटमा डेरा गरी बस्दै आएकी सम्झनाले प्रहरीकै नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गर्नुभएको थियो । बुधबार धौलागिरि अञ्चल अस्पताल बागलुङमा किसानको शव पोस्टमार्टम गरिए पनि उनका आफन्तले शव बुझेका छैनन् । प्रहरीले मुचुल्का सङ्कलन गरेर फर्किएपछि स्थानीय महिलाहरुले कोठाको खोजतलासी गर्दा जिल्ला प्रहरी कार्यालय बागलुङको नाममा सम्बोधन गरिएको सुसाइड नोट फेला परेको भन्दै उनका आफन्तले आत्महत्या गर्न बाध्य बनाउनेलाई कारबाही गर्न माग गर्दै बुधबार जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ ।

मृतकको नामबाट लेखिएको सुसाइड नोटमा २०७५ भदौ ५ गतेदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राकेश दवाडीसँग आफू प्रेम सम्बन्धमा रहेको र उसको गर्भ रहेपछि जानकारी गराउँदा बेवास्ता गरेकाले आत्महत्या गर्नुपरेको उल्लेख गरिएको छ । गैरदलित युवासँग विवाह गरेकी उहाँले आरोपित दवाडीकै कारणले श्रीमान्सँग सम्बन्धविच्छेद भएको सुसाइड नोटमा उल्लेख गर्नुभएको थियो ।

सुसाइट नोटमा श्रीमान्सँग पनि सम्बन्धविच्छेद गरेको र प्रहरी जावनले पनि गर्भ स्वीकार गर्न नमानेपछि यता न उताको भएर आत्महत्याको बाटो रोज्नुपरेको उल्लेख गरिएकोे छ । उहाँले नोटमा गर्भको डिएनए परीक्षण गरी दोषीलाई कारवाहीको माग गर्नुभएको थियो ।

छोरीको सुसाइड नोट भेटिएपछि मृतकका बाबा खड्काबहादुर सार्कीले सम्झनालाई मर्न बाध्य बनाएको भन्दै तनहुँ घर भएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडी विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराउनुभएको छ । जिल्ला प्रहरी कार्यालयमा प्रहरी जवानकै विरुद्धमा दुरुत्साहन मुद्दा भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

“शङ्कास्पद घटना भएका कारण प्रहरीले प्रारम्भिक अनुसन्धान शुरु गरिसकेको थियो”, प्रहरी प्रमुख भट्टले भन्नुभयो, “मृतकका परिवारले सुसाइड नोटसहितको उजुरी लिएर आएपछि दुरुत्साहन मुद्दा दर्ता गरेर गम्भीरताका साथ अनुसन्धानलाई अगाडी बढाएका छांँ ।” अपराध गर्ने जो कोही पनि सजायको भागीदार हुनुपर्छ भन्दै भट्टले प्रहरीले आत्महत्या दुरुत्साहन गरेको भए पनि उम्कन नदिने बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

    • बलात्कार आरोपमा दुई पक्राउ

      रासस भाद्र ३०, २०७८
      बनेपा । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा…
    • सङ्खुवासभा सामूहिक हत्या आरोपमा एक जना पक्राउ

      रासस भाद्र २६, २०७८
      किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ…
    • हत्या गरी फरार व्यक्ति २७ वर्षपछि पक्राउ

      रासस भाद्र २१, २०७८
      भोजपुर । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–५ का ५३…
    • याैनधन्दामा लगाउने पक्राउ

      आदर्श समाज सम्वाददाता भाद्र १६, २०७८
      पोखरा । महिलालाई ललाईफकाई यौनधन्दामा संलग्न गराएको अभियोगमा पोखराबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट तारेकश्वर गाउँपालिका ४…
    • घरायसी विवादमा श्रीमान्को हत्या

      रासस भाद्र १३, २०७८
      दाङ । घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेकी छन्…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads