धनकुटामा दैनिक उपभोग्य सामाग्री अझ सहज

विजय राई विजय राई
वैशाख १७, २०७७
dhankuta chamber

धनकुटा, १७ बैशाख । धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा दैनिक उपभोग्य तथा अत्यावाश्यक वस्तु र समाग्रीहरु आयात तथा निर्यातलाई अझ सहज र प्रभावकारी बनाउने जनाएको छ ।

दैनिक उपभोग्य तथा अत्यावाश्क वस्तु तथा समाग्रीहरु आर्यात र निर्यातलाई सहज र व्यवस्थित बनाउने उदेश्यले आज जिल्ला प्रशासन कार्यालय धनकुटामा प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, महासचिव राम वहादुर गोङ्वा तामाङ्गलगायत धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारीहरुसँग छलफलको भएको हो ।

जिल्ला प्रशासन कार्यालयको अनुमती पत्र लिएर राती मात्र ढुवानी गर्ने व्यवस्था भएको धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले वताउनु भयो ।

धनकुटा जिल्लामा दैनिक उभोग्य समाग्री तथा वस्तुहरु स्थानीय प्रशासको सहयोग तथा समन्वयमा अहिले सहज रुपमा आर्यात तथा निर्यात भैरहेकोले धनकुटा जिल्लामा दैनिक उपभोग्य समाग्री तथा अत्यावाश्यक वस्तुहरुको अभाव नभएको धनकुटा उद्योग बाणिज्य संघका महासचिव राम वहादुर गोङ्वा तामाङ्गले वताउनु भयो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads