बेगनास र रुपाताल क्षेत्रका सिमान्तकृतलाई राहत वितरण

भीमपाणि बराल
वैशाख १७, २०७७
Rahat Distribution Begnas -Rupa

लेखनाथ , १७ बैशाख । बेगनास र रुपाताल क्षेत्रमा रहेका करिव ४०० जना गरिव तथा सिमान्तकृत आदीवासी समुदायलाइ बुधबार राहत वितरण गरिएको छ । सामाजिक विकासमा सक्रिय ‘बिकास बेल्जीयम’ काे सहयोगमा पोखरा वडा नं ३१ कार्यालय र रुपागाउँपालिकाले करिब ८ लाख रुपैया बराबरको राहत बाँडेको हो।

बेगनासताल र रुपाताल वरपर रहेका करिव १०० परिवार जलारी सहित स्थानीय मुस्लीम, दलित र ज्यालादारी मजदुरका लागि उक्त राहत बाँडिएको हो । यहाँका धेरैजसो रैथाने स्थानीयवासीहरु आफ्नो जीवनयापनका लागि धेरैजसो प्राकृतिक स्रोतसाधनमा निर्भर रहने गरेका छन् ।

पछिल्लो समय जलवायु परिवर्तन र तिव्र भौतिक निर्माण तथा शहरीकरणले उनिहरुको जिविका पनि प्रभावित भइरहेको भन्दै यस्ता समुदायलाइ राहतका लागि विशेष प्राथमिकता दिइएको “विकास बेल्जीय” मा सम्बद्ध उक्त राहत वितरण कार्यक्रम संयोजक पदमराज पौडेलले बताए ।

उक्त राहत वितरण कार्यक्रमलाइ संबोधन गर्दै स्थानीय राजनीतिक अगुवा तथा प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले स्थानीय विपन्न , गरिव तथा आदीवासी समुदायको अवस्था प्रति सधैं चनाखो र गम्भिर बन्न यस्ता कार्यक्रमहरुले स्थानीय सरकारलाइ समेत प्रेरणा प्रदान गर्ने बताएका थिए ।

राहत स्वरुप उनिहरुलाइ एकबोरा चामल, दाल, सोयविन, सावुन , तेल र नुन लगायतका सामग्री प्रदान गरिएको थिया । परिवारको संख्या र आर्थिक अवस्थाको आधारमा अहिले निर्धारित लकडाउन समय अवधिलाइ धान्ने गरि उक्त राहत बाँडिएको वडा नं ३१ का वडाध्यक्ष कमल बहादुर थापाले बताए ।

राहत वितरण कार्यक्रममा रुपा गाउँपालिका प्रमुख नवराज ओझा, पुर्व एसएसपि राजेन्द्र ढकाल लगायत सामाजिक कार्यकर्ता खड्ग बहादुर केसी , सन्तोष भुर्तेल, अनिल पन्थी, ध्रुव पन्थि, अपुर्वा ढकाल लगायत अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width