लेखनाथ, वैशाख १७। पोखरा–२८ कालिकास्थानमा रहेको कालिका हेल्थपोष्ट र माझठाना स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई बुधबार पिपिई लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग स्वरुप प्रदान गरिएको छ ।
काठमाण्डौमा व्यवसाय गर्दै आएका वडा नं. २८ का वासिन्दा सुबोध त्रिपाठीले वडा कार्यालयसँग समन्वय गर्दै दुबै स्वास्थ्य चौकीलाई ५ थान पीपीई, १ थान ईन्फ्रारेड थर्मोमिटर, ५ थान पीपीईमा प्रयोग हुने सुरक्षात्मक चस्मा र ५० जोडी ग्लोभ्स सहयोग स्वरुप प्रदान गरेका हुन ।
कोरोना भाईरसको प्रकोप विश्वभर महामारीको रुपमा फैलीरहेका बेला जोखीम मोलेर अग्रपंत्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा सेवा प्रदान गर्न र अझै हौसला दिने उद्धेश्यले आफुले सहयोग गरेको त्रिपाठीले वताए ।
उक्त स्वास्थ्य सामग्रीहरु वडा नं. २८ का अध्यक्ष निर्मल दियाली र त्रिपाठीले कालिका हेल्थपोष्टका प्रमुख सञ्जु शर्मा र माझठाना स्वास्थ्य चौकीका प्रमुख सत्यराज साँखीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन ।
हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष दियालीले सहयोगका लागि वडाको तर्फबाट त्रिपाठीलाई धन्यवाद व्यक्त गरेका थिए भने स्वास्थ्यकर्मिहरुलाई सहि रुपमा सदुपयोग गर्न आग्रह गरेका थिए । उनले अहिलेको विषम परिस्थितीमा समाजका विभिन्न तहमा सहयोगको आवश्यकता रहेकाले वडासँग समन्वय गर्दै सहयोग हातहरु जुटाउन समेत आग्रह गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पृथ्वी सहकारीको आठौं वार्षिकोत्सव
भूमेश्वरमा कर्मफ्लाइटस्को सहयोग
कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
hero news full width
मुख्य समाचार
अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
वैशाख ७, २०७८पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा
वैशाख ७, २०७८बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
वैशाख ६, २०७८