नेपालमा काेराेना संक्रमितको संख्या ५७ पुग्यो

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७७
bikas-devkota-2832020114015-1000×0

काठमाडौँ, १७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । बुधबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना पोजिटिभको संख्या ५७ जना पुगेको पुष्टि गरेका हुन् । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा थप ३ जनाको पोजिटिभ देखिएको हो । पर्सा जिल्लाका ४६ वर्षीय पुरुष र बारा जिल्लाका ३१ र ४३ वर्षीय पुरुष रहेका छन् । उनीहरु सिमरामा क्वारेन्टाइनमा रहेका थिए । उनीहरुलाई नारायण अस्पालमा उपचाररत छन् । कोरोना संक्रमित मध्ये १६ जना निको भइसकेका छन् ।

बुधबारम्म नेपालमा आरडिटी विधिबाट ४५ हजार ६ सय ६५ नमुना परीक्षण भएका छन् भने पिसिआर विधिबाट ११ हजार ५ सय २४ परीक्षणहरु भएका छन् ।त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी ८७ जना रहेका छन् । काठमाडौंमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८३ जना रहेका छन् । क्वारेन्टाइनमा २२ हजार ९०१ जना रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width