लकडाउनका कारण विगत एक हप्ताको अवधिमा महाकाली नदी तरेर दार्चुलामा ७१ जना भित्रिएका छन्। मजदूरी गर्न भारतको धार्चुला गएका नेपालीहरु लकडाउनका कारण अलपत्र परेपछि महाकाली तरेर उनीहरु नेपाल भित्रिएका हुन् ।
पुल खुल्ने अवस्था नभएपछि नेपालीहरु ज्यानको बाजी राखेर भएपनि घर फर्किने क्रम बढेको छ । बुधबार बिहान मात्र महाकाली नगरपालिका–९ चुच्चैमा ट्युब तरेर १६ जना भित्रिएका छन् । भारतको मदकोट क्षेत्रमा काम गरी फर्किएका बैतडी डिलाशैनी गाउँपालिका–४ का सुरेन्द्र नेगी, अमर नेगी, प्रेम नेगी, पुष्कर विष्ट, डिलौशनी–३ का खेमराज बोहरा, रमेश बोहरा, ईश्वर नेगी, लोकेन्द्र भण्डारी, काशी बोहरा, दलबहादुर भण्डारी, वीरसिंह धामी, बलवीर बोहरा, डिलाशैनी–७ का वीरबहादुर कार्की, पूर्चौडी नगरपालिका–१० का कर्णबहादुर विष्ट र दार्चुला नौगाड– ६ का वीरेन्द्र ठगुन्नाले ट्युब तरेर नेपाल भित्रिएका छन् ।
महाकाली नदी तरेर नेपाल फर्किएका दार्चुला र बैतडीका १६ नेपालीलाई महाकाली नगरपालिकाले क्वारेन्टाइनमा राखेर खाना खुवाउँदै । पिथौरागढको मदकोट क्षेत्रमा काम गर्न गएका नेपाली लामो लकडाउनका कारण भोकभोकै परेपछि मरिने डरले बुधबार ट्युबमार्फत महाकाली नदी तरेर दार्चुला पुगेका हुन् । तस्वीरः नरेन्द्रसिह कार्की, रासस
धार्चुला क्षेत्रमा रहेका नेपाली पुल खुल्ने अनिश्चित भएका कारण दिनहुँ नदी तरेर आउन थालेका हुन् । उनीहरुले ट्युब तरेवापत प्रतिव्यक्ति रु एक हजार ६०० तिर्न बाध्य छन् । मङ्गलबार मात्र आठ नेपाली व्यास गाउँपालिका–१ का माल्पा हुँदै नेपाल भित्रिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।
प्रहरीका अनुसार पछिल्लो एक सातामा ७२ जना भित्रिएका छन् । वैशाख १० गते नौ, १२ गते पाँच, १३ गते ३४, १६ गते आठ र १७ गते १६ जना महाकाली तरेर प्रवेश गरेका छन् । यसअघि महाकाली नदीमा ट्युब, जाघार, पौडी खेलेर २२१ जना वैशाख १० अगाडि आइसकेका थिए । यसैबीच प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललगायत सुरक्षा निकायका प्रमुखहरुले सीमा क्षेत्रका निरीक्षण गर्नुभएको छ ।
भारतीय क्षेत्रबाट नेपाली ल्याउने तयारी गरिरहेको बेला उनीहरुले दत्तु नाकासम्मको निरीक्षण गरी फर्किएका हुन् । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पछिल्लो समय दत्तु क्षेत्रका नाका भएर नेपाली धमधाम फर्किरहेका प्राप्त सूचनाका आधारमा सुरक्षाको अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
आहा ! फुटबलमा दर्शक
कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
hero news full width
मुख्य समाचार
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँडे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७