काँग्रेस जिल्ला सदस्य तिमिल्सेनालाई मातृ शोक

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७७

पोखरा, १६ वैशाख । नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य कृष्णप्रसाद तिमिल्सिनालाई मातृशोक परेको छ ।

पोखरा १८, सराङकोट निवासी उनकी आमा अयोध्या तिमिल्सिनाको ८५ वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीर मङ्गलबार पोखरा १, गाईघाटमा अन्त्येष्टि गरिएको छ ।उनका तीन छोरा र तीन छोरी छन् ।

कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसी, नेतृ शारदा पौडेल, क्षेत्रीय सभापति पोषनाथ शर्मा र कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देललगायतका दाहसंस्कारस्थलमा पुगेर श्रद्वाञ्जली अर्पण गरेको थिए । तीन छोरामध्यका जेठा छोरा कृष्णप्रसाद तिमिल्सिना डिएलए कास्कीका पूर्व अध्यक्ष हुन् ।

कान्छा छोरा दीपेन्द्र तिमिल्सिना काँग्रेस क्रियाशील सदस्य हुन् । माइला छोरा सूर्यप्रकाश तिमिल्सिना ‘पालुवा’ शिक्षक हुन् ।यसैबीच नेपाली काँग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

हाम्रो सुझाव