भारतीय अभिनेता इरफान खानकाे निधन

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७७
EWwG7WpXgAEa7uo

भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा बिहान मृत्यु भएको छ । मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको बुधबार मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् । उनको मृत्युके खबर पछि समाजिक सञ्जाल धेरै भारतीय कलाकारले श्रध्दाञ्जली व्यक्त गरेका छन् ।

मंगलबार स्वास्थ्य समस्या देखिएपछि मुम्बईस्थित कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना भएका थिए ।उनलाई कोलोन इन्फेक्सन भएको थियाे । गत वर्ष लन्डनमा उपचार गराएर फर्केपछि इरफान मुम्बईको कोकिलाबेन अस्पतालकै डाक्टरको निगरानीमा नियमित रुपमा स्वास्थ्य जाँच गराइरहेका थिए।

उनकी आमा सइदा बेगमको गत शनिबार ९५ वर्षको उमेरमा निधन भएको थियो । कोरोना भाइरसकाे कारण लकडाउनमा उनी आमाको अन्तिम संस्कारमा जान पनि पाएका थिएनन्।

५४ वर्षीय इरफान खान न्यूरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए।

Related News

सम्बन्धित समाचार

hero news full width