लकडाउनको उपयोग: हावाबाट बिजुली

rss रासस
वैशाख १७, २०७७
bulb

Representative Image

तीन दशकदेखि ऊर्जा क्षेत्रमा कार्यरत म्याग्दीको बेनीका युवा दुर्गाबहादुर श्रेष्ठले लकडाउनको समयलाई सदुपयोग गरी हावाबाट बिजुली निकाल्नुभएको छ ।

तीन दिनको अथक मेहेनतपछि जिल्ला सदरमुकाम बेनीको बैंकरोडका १० वटा बल्ब बाल्न मिल्ने विद्युत् उत्पादन भएको हो । श्रेष्ठ म्याग्दी ऊर्जा प्रविधि सेवा केन्द्रका सञ्चालकसमेत हुनुहुन्छ ।

  • “सधैँ हावा लागिरहने ठाउँ हो, परीक्षणको रुपमा प्रयास गरेको थिएँ, सफल भएँ”, श्रेष्ठले भन्नुभयो ।

उहाँले थप प्रविधिको प्रयोग गरी क्षमता बढाएर बेनीबजारको एउटा क्षेत्रलाई नै पुग्ने गरी विद्युत् निकाल्न सकिने बताउनुभयो । पर्यटकीयस्थल लभ्लीहिलमा जडान गर्ने सोच भएको उहाँको भनाइ छ । हावा धेरै चल्ने स्थानमा उपयुक्त हुने भएकाले लभ्लीहिलमा लगेर जडान गर्ने उहाँको भनाइ छ ।

चार वर्षअघि आफ्नै सीप र प्रविधिको उपयोग गरी कालीगण्डकी नदीबाट टर्वाइनमार्फत २०० किलोवाट विद्युत् उत्पादन गरी बेनी बजारमा प्रयोग गराएका श्रेष्ठले हावाबाट बिजुली निकाल्न आफू सफल भएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्न प्रोत्साहन गर्दै आउनुभएको छ ।

उहाँले बेनीमा कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन विभिन्न सङ्घसंस्थाले बनाउन लागेको स्यानिटाइजर टनेल निर्माणमा पनि सहयोग गर्नुभएको छ । साँझको समयमा लभ्लीहिलमा हावाबाट निकालेको बिजुलीले झिलीमिली पार्ने उहाँको सोचाइ छ । यसका साथै लभ्लीहिलमा मोबाइल चार्ज स्टेशन बनाउने उहाँको भनाइ छ ।

तीन दिन लागेर उक्त प्रविधिको विकास गरेको उहाँको भनाइ छ । करिब तीन दशकदेखि ऊर्जाको क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले म्याग्दीका विभिन्न लघुजलविद्युत्सहित जिल्ला बाहिरका परियोजनामा समेत आफ्नो सीपको प्रयोग गर्नुभएको छ ।

Related News

सम्बन्धित समाचार

    • द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । बृहत शान्ति सम्झौतालाई टुंगो पु¥याउन सत्य निरुपण तथा मेलमिलाप आयोग क्रियाशील छ । आयोगले मुलुकभरबाट द्वन्द्वपीडितका उजुरी लिएको…
    • भेडीगोठमा झलल बिजुली, सरर्र मोटर

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      लमजुङ । बेलायती सेनामा छाती नाप्न जानु अघि मजनबहादुर गुरुङलाई लागेको थिएन आफ्नो गाउँमा यति धेरै विकास होला । जन्मे,…
    • पर्यटन प्रवद्र्धनमा युनाइटेड क्लब

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      पोखरा। युनाइटेड क्लबको साताव्यापी कार्यक्रम अन्तर्गत पाँचौ दिन पर्यटकीय क्षेत्र बैदाममा पहिचान झल्किने होडिङ बोर्ड राखिएको छ । सो बोर्डको…
    • जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      पोखरा । भाषा सङ्घ नेपालको आयोजनामा यही वैशाख ९ गते पोखरामा जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । पोखरासहित गण्डकी…
    • स्याङ्जाका द्वन्द्वपीडित ८ जनालाई परिचयपत्र

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      स्याङ्जा । सत्य निरुपण तथा मेलामिलाप आयोगले ८ जनालाई परिचयपत्र हस्तान्तरण गरेको छ । आयोगका सदस्य मनु दाहालसहितको टोली स्याङ्जा…

    hero news full width

    sanil ads

    wordlink ads