फ्रण्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता र ३० लाखको बीमा

प्रकाश ढकाल
वैशाख १७, २०७७
covid

पोखरा । गण्डकी सरकारले कोरोना उपचारको अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैैठकले उपचार र स्वाब संकलनमा काम गर्ने सबैलाई भत्ता दिने निर्णय गरेको हो ।

‘जो फ्रण्ट लाइनमा बसेर काम गर्नुभएको छ, वहाँहरुलाई हो यो सुविधा,’ सरकारका प्रबक्ता रामशरण बस्नतेले भने, ‘धेरै हुनुहुन्न । बागलुङको अस्पताल, पोखराको ल्याव र स्वाब संकलनमा खटिएकाहरुले यो सुविधा पाउनुहुन्छ ।’

कर्मचारीको मनोवल बढाउनका लागि यो निर्णय गरिएको उनले सुनाए । सबैलाई खाईपाई आएको तलव बराबर भत्ता दिन लागिएको हो । ति कर्मचारी र स्वास्थ्यकर्मीका लागि ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा पनि गरिएको छ ।

‘केही नहोस् हामी प्रार्थना गर्छौं । तर केही भैहाल्यो भने परिवारको विचल्ली हुन्छ,’ उनले भने, ‘कोरोनाको उपचारमा खटिएका बेला कुनै कर्मचारीको मृत्यु भयो भने उनीहरुको परिवारले यो बीमा रकम पाउँछन् ।’ उनका अनुसार ति स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण देखिए उपचारको सबै खर्च सरकारले नै ब्यहोर्ने छ ।

बैठकले सामाजिक विकास सचिवको संयोजकत्वमा वीमा संयोजन समिति गठन गरिएको छ । समितिले बीमा कार्यक्रम प्रभावकारी रुपमा अघि बढाउने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width