चट्याङ लागेर दुई घाइते

राजेशचन्द्र राजभण्डारी
वैशाख १७, २०७७
lightning

बागलुङ, बैशाख १६ । बागलुङ जिल्ला  बडिगाड गाउँ पालीकामा चट्याङ लागेर दुई जना घाइते भएका छन् ।

जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ७ माझखर्कमा मंगलबार साढे ३ बजेको समयमा परेको चट्याङले लाग्दा स्थानीय १३ वर्षीया गोमा बुढा र वर्ष १० वर्षीया गंगा बुढा घाईते भएको वडा अध्यक्ष कृष्ण गुरुङले बताए ।

घटना लगत्तै वडा कार्यालयले उद्धार गरि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको  गुरुङले बताए।

घाइते मध्ये एक जनाको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width