पोखरा महानगरपालिकाको राहत कोषमा ४ करोड १० लाख

आदर्श समाज संवाददाता
वैशाख १६, २०७७
tan pokhsrs

पोखरा, १६ वैशाख । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । राहत कोषमा हालसम्म ४ करोड १० लाख जम्मा भएको छ ।

मंगलबार टान क्षेत्रीय संघ पोखराले महानगरपालिकाको राहत कोषमा ५० हजार सहयोग गरेको छ । टानका अध्यक्ष हरि भुजेलको नेतृत्वमा टोलीले महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

त्यसैगरी संघीय संसदका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले ५० हजार सहयोग गरेका छन्  । गण्डकी निर्माण समन्वय प्रालिले पनि ७५ हजार सहयोग गरेको छ । प्रालिका प्रबन्ध निर्देशक रमेश सिकेले उक्त रकमको चेक महानगर प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरेका हुन् ।

पतञ्जली योग पिठ नेपालले पनि पोखरा महानगरपालिकालाई २० कार्टुन साबुन हस्तान्तरण गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेलको समन्वयमा पतञ्जली योग पिठ नेपालका शालिग्राम सिंहको पहलमा गण्डकी प्रदेशका योग प्रमुख नरेन्द्र लालचन, उद्योग संयोजक धर्मराज शर्मा, संगठन मन्त्री लक्ष्मण पौडेल, गण्डकीका सदस्य मनोज श्रेष्ठसहितको टोलीले महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई साबुन हस्तान्तरण गरेका थिए ।

पोखरामहानगरको कोषमा मंगलबारसम्म ४ करोड १० लाख १९ हजार ७ सय ५९ रुपैयाँ जम्मा भएको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width