सांसद अधिकारीद्धारा पोखरा महानगर र रुपाका मुस्लिम समुदायलाई सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७७
photo 1

पोखरा, १६ वैशाख । पूर्व स्वास्थ्यमन्त्री तथा कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सांसद खगराज अधिकारीले पोखरा महानगरपालिकाको कोरोना भाइरस रोकथाम,नियन्त्रण तथा उपचार राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

सांसद अधिकारीले एक कार्यक्रमकाबीच पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई सो रकम हस्तान्तरण गरेका हुन् । राहत हस्तान्तरण गर्दै सांसद अधिकारीले लकडाउनका कारण कोही पनि भोको बस्नुपर्ने अवस्था आउन नदिन प्रभावकारी रुपमा राहत वितरणका लागी आग्रह गरे ।

यसैगरी सांसद अधिकारीको पहलमा रुपा गाउँपालिका वडा नं ६ रुपाकोटमा रहेका मुस्लिम समुदायका १ सय २५ परिवारका लागि राहत प्रदान गरिएको छ । सांसद अधिकारीले चामल, तेल, दाल लगायत दैनिक उपभोग्य राहत सामाग्री गाउँपालिकाका अध्यक्ष नवराज ओझालाई हस्तान्तरण गरे । गाउँपालिका अध्यक्ष नवराज ओझाले डेढ लाख बराबरको दैनिक उपभोग्य राहत सामाग्री तत्कालै समुदायलाई हस्तान्तरण गरिएको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width