नवलपुरबाट ७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइयो

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७७
20200428_133633

रामकुमार श्रेष्ठ–नवलपरासी, १६ बैशाख । साउदी अरबबाट आएका भोजपुरका एक जनामा कोरोनाको संक्रमण देखिएपछि उनीसँगै आएका नवलपुरका ३ जना र उनका परिवारका सदस्यहरुको सहितको गरी ७ स्वाब संकलन गरी परीक्षणका लागि आज पोखरा पठाइएको छ ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका २ जना र मध्यविन्दु नगरपालिकाका १ जना साउदी अरबबाट भोजपुरमा आएका संक्रमित आएको जाहाजमा आएका थिए । उनीहरु फाल्गुनको अन्त्य तिर नेपाल आएका हुन् । उनीहरु नेपाल आएर सेल्फ क्वारेन्टाइनमा बसेका थिए । तथापि सँगै जहाजमा आएका भोजपुरका एक जनामा कोरोनाको संक्रमण देखिएपछि उनीसँगै आएका नवलपुरका ३ जना, उनका परिवार र उदयपुरबाट आएका १ जना गरी ७ जनाको आज मध्यविन्दु जिल्ला असप्तालमा स्वाब संकलन गरी पोखरा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिए पनि स्वाब संकलन गरेर पठाइएको हो ।साउदीबाट आएका भोजपुरका एक जनामा बैशाख ११ गते कोरोना पोजेटिभ देखिएको थियो । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने १६ जना उपचार पछि निको भएका छन् । नवलपरासी जिल्ला अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width