लकडाउन उल्लंघन गर्ने नियन्त्रणमा (फाेटाे फिचर)

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७७
EWq0TdAUwAAoyde (1)

चेकजाँचको क्रममा मङ्गलबार काठमाडौँको भद्रकालीमा गाडीहरू। तस्बिरः सुजीत महताे/ट्विटर

काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि  गृह मन्त्रालयले देशैभर लकडाउनलाई थप कडाइ गर्न  हिजाे परिपत्र गर्याे तर लकडाउन उल्लंघन गर्नेको संख्या घटेकाे छैन।

तस्विरमा लकडाउनकाे उल्लङ्घन गरी सवारी साधन बढी मात्रामा चल्न थालेपछि चेकजाँचको क्रममा मङ्गलबार काठमाडौँको भद्रकालीमा पक्राउ परेका सवारी पास नभएका गाडी ।

लकडाउन उल्लंघन गर्ने ११ सय  भन्दा बढिलाइ प्रहरीले काठमाडौं उपत्यकाबाट नियन्त्रणमा लिइएको जनाएकाे छ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि भएको बन्दाबन्दीको उल्लङ्घन गरी सवारी साधन बढी मात्रामा चल्न थालेपछि जाँचका क्रममा मङ्गलबार काठमाडौँको भद्रकालीमा बरामद सवारी पास नभएका गाडी।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि लागू गरिएको बन्दाबन्दी अवधिमा बढी मात्रामा सवारी साधन चल्न थालेपछि काठमाडौँको भद्रकाली सडकमा मङ्गलबार सवारी पास भए नभएको जाँच गर्दै सुरक्षाकर्मी।

बन्दाबन्दी अवधिमा बढी मात्रामा सवारी साधन चल्न थालेपछि सिंहदरबार–भद्रकाली सडकमा मङ्गलबार सवारी पास भए नभएको जाँच गर्दै सुरक्षाकर्मी।

बन्दाबन्दी अवधिमा बढी मात्रामा सवारी साधन चल्न थालेपछि सिंहदरबार अगाडि मङ्गलबार सवारी साधनको कागजपत्र जाँच गर्दै सुरक्षाकर्मी ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको उल्लङ्घन गरी सवारी साधन बढी मात्रामा चल्न थालेपछि जाँचका क्रममा मङ्गलबार सिंहदरबार अगाडि बरामद भएका सवारी पास नभएका मोटरसाइकल।

तस्बिरहरूः प्रदिपराज वन्त, रासस

Related News

सम्बन्धित समाचार

    • बागलुङको बलेवामा १० दिन लकडाउन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      बागलुङ । विद्यालय र समुदायमा ठूलो संख्यामा कोरोना संक्रमणको पुष्टि भएपछि बागलुङको बलेवा क्षेत्र १० दिनका लागि लकडाउन घोषणा गरिएको…
    • अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      हेमजा । अन्नपूर्ण गाउँपालिकाका सुत्केरीलाई कुखुरा र कम्बल प्रदान गरिएको छ । ‘उपाध्यक्षसँग सुत्केरी’ कार्यक्रम अन्तर्गत उनीहरुलाई जनही २ वटा पोथी…
    • पत्रकार महासंघ कास्कीको पदस्थापन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । नेपाल पत्रकार महासंघ, कास्कीको हालै निर्वाचित नयाँ कार्यसमितिको मंगलबार सपथ ग्रहण तथा पदस्थापन गरिएको छ । निर्वाचन समिति…
    • ‘घर जलेर खरानी भो’

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      दमौली। भैँसी र बाख्राको गोठ छेवैमा अस्थायी रूपमा खरले छाएको टहरा छ । ६ वटा काठको खाँबामा एककोठे बराबरको टहरामुनि भुइँमा…
    • कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफ्ना पिताको देहवासन भएर काजकीरियामा…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग