पोखरा, १६ बैशाख । कोभिड १९ कोरोना भाइरसले विश्वमा महाव्याधीका कारण नेपाल लकडाउन छ। महिना अघिदेखिको लकडाउनले नागरिकहरुमा दिन दिनै समस्या थपिदै गएको छ। यसैक्रममा हिमाली साँस्कृतिक परिवारले खाद्यान्न अभावमा परेका कलाकारहरुलाई सोमवार राहत स्वरुप खाद्यान्न वितरण गरेको छ।
लोक सँस्कृति संरक्षण र विकासका लागि क्रियाशील पोखरा ९ पुरानो बसपाकस्थित हिमाली साँस्कृतिक परिवारले सोमवार पोखरा १५ नयाँ गाँउमा आयोजित कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका ११ जना कलाकारहरुलाई एक/एक बोरा चामल, दाल, तेल, नून, सोयबीन लगायतका खाद्यान्न वितरण गरेको हो। खाद्यान्न समस्यामा रहेका कलाकारहरुलाई परिवारका अध्यक्ष मेनकाजी गुरुङले खाद्यान्न वितरण गरिएको हो ।
उक्त खाद्यान्न राहत वितरणमा रामबजारस्थित समाज विकास समितिले दुई जना कलाकारहरुका लागि खाद्यान्न वापत रकम उपलब्ध गराएको हिमाली साँस्कृतिक परिवारका कोषाध्यक्ष महादेव पोखरेलले जानकारी दिए । सोमवार वितरण खाद्यान्न राहत एक जना कलाकारलाई दुई हजार बराबरको सहयोग गरेको उनले बताए ।
कोरोना महामारीका कारण लामो लकडाउनले कलाकारहरु समस्यामा परेकाले क्लवको तर्फबाट कलाकारहरुलाई सहयोग गरेको र परिवारका कुनै कलाकारलाई आगामी दिनमा पनि समस्या परे हिमाली साँस्कृतिक परिवारले आभिभावकत्व प्रदान गर्ने अध्यक्ष मेनकाजी गुरुङले बताए । यसअघि हिमाली साँस्कृतिक परिवारले आइतवार कोरोना भाइरस नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकालाई २० हजार एक रुपैया सहयोग गरेको थियो।
Related News
सम्बन्धित समाचार
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
लेउवा संघले दियो सदस्य परिवारलाई राहत
मुक्तिनाथको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा
hero news full width
मुख्य समाचार
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
चैत्र २८, २०७७