वालिङ । जाँगर हुनेलाई कामको खाँचो हुँदैन । वालिङ नगरपालिका–१२ भञ्ज्याङका युवाले यसको चरितार्थ गरिदिएका छन् । मुलुकमा काम नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाहरुको लहर चले पनि प्रायःयुवाहरु एकपटक वैदेशिक रोजगारीमा गएर आएपछि स्वदेशमै केही गरौँ भनेर लाग्ने गरेका प्रशस्तै उदाहरण देख्न पाइन्छ ।
त्यसैमध्येका युवा हुन् वालिङ नगरपालिका–१२ भञ्ज्याङ्का युवा । तीन युवा मिलेर अहिले सामूहिकरूपमा हातेट्र्याक्टर प्रयोगमा ल्याएक छन् । अहिले उनीहरुलाई गाउँमा सघाउन भ्याइनभ्याइ छ । गहुँ बाली थन्क्याइसकेर किसानले खाली गरेको खेतबारीमा मकै छर्न उनीहरु व्यस्त छन्।
सामूहिकरूपमा ट्र्याक्टर किनेर काम शुरु गरेका किसान न्यौपानेले भन्नुभयो विदेशमा गएर काम गर्नुभन्दा आफ्नै देशमा बसेर काम गर्दा धेरै आनन्द हुनेरहेछ । न्यौपानेले भन्नुभयो, “पहिला म पनि रोजगारीका लागि विदेश गएको थिएँ । विदेशमा गएर काम गरेपछि बल्ल थाहा भयो कामको महत्व”
अर्का युवा बलराम न्यौपानेले विदेशमा जत्तिकै श्रम नेपालमा गरेको खण्डमा राम्रो आम्दानी लिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, हामी तीन जना सल्लाह गरेर एउटा हातेट्र्याक्टर रु ७५ हजारमा किनेर चलाएका छौँ, यसले हामीलाई पनि रोजगारी मिलेको छ भने किसानले पनि सहजरूपमा खेतीपाती लगाउन पाएका छन् । न्यौपानेले भन्नुभयो, “अहिले गाउँघरमा जोत्नका लागि गोरु नपाएर समस्यामा परेका किसान खुशी भएका छन् ।”
पहाडी जिल्लाको पाखोबारी र साँघुरा खेतबारीमा ठूलो खालको ट्र्याक्टर प्रयोग गर्न नमिल्ने ठाउँमा हातेट्र्याक्टरको प्रयोग गरेर काम गर्दा किसानलाई धेरै सहज भएको न्यौपानेको भनाइ छ । उहाँले भन्नुभयो, “प्रतिघण्टा रु ७५० का दरले लिने गरेका छौँ । यसो गर्दा किसानलाई पनि मर्का परेको छैन हामीलाई पनि ठिकै भएको छ । घर खर्च चलाउनका लागि कुनै समस्या छैन, सिजनअनुसार राम्रै आम्दानी हुने गरेको छ ।”
गाउँमा भिराला र स–साना खेतबारी हुने भएकाले काल्ला निकाल्न र झराल्न कठिनाइ हुने गरेको उनीहरुको अनुभव छ । पहिला ट्र्याक्टरको प्रयोग गर्दा महङ्गोजस्तो माने पनि पछि डल्डा ठोक्नु नपर्ने र छेउकुना खन्न नपर्ने भएकाले किसान यसको प्रयोगतर्फ आकर्षित हुँदै गएको उनीहरु बताउँछन् । खेतबारीमा गहुँ, तोरी लगाए किसानले मकै रोप्ने काम सकिसके पनि बाँझै रहेका खेतबारीमा भने हिउँदे पानी परेपछि अहिले किसान खेती लगाउन व्यस्त छन् ।
सानो खालको ट्र्याक्टर भएकाले बाँझोमा जोत्न कठिन भएकाले बाँझो रहेको जमिनमा पानी परेपछि जोत्ने काम भइरहेको बलराम न्यौपानेले बताउनुभयो । हाते ट्र्याक्टरले जोतेको ठाउँमा छेउकुना खन्नु नपर्ने भएकाले सहज भएको स्थानीय सुशीला पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा आजभोलि खेताला पाउन गाह्रो छ । ट्र्याक्टरले जोतेपछि अरु खेताला लगाएर डल्ला ठोक्ने र खन्नु नपर्ने भएकाले धेरै सहज भएको छ ।”
किसानका लागि सरकारले कृषिका क्षेत्रमा प्रयोग हुने औजार एवं साधनलाई अनुदानमा दिने व्यवस्था मिलाएसँगै कृषि क्षेत्रमा आधुनिक औजार एवं औजारको प्रयोगतर्फ किसान आर्कषण हुन थालेका छन् ।
Related News
सम्बन्धित समाचार
कामचलाउ सरकारको आयु लम्बियो
गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा
कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
hero news full width
मुख्य समाचार
लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम अधुरै
वैशाख १०, २०८१कास्कीका सहकारी पीडित एउटै मोर्चामा : बन्यो संयुक्त संघर्ष समिति
वैशाख १०, २०८१कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
वैशाख ९, २०८१