विदेशबाट फर्केर भैसी पाल्दै युवा

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७७
IMG_1125

तनहुँ, १५ वैशाख । लामो समयसम्म वैदेशिक रोजगारीमा वसेर आएका रवीन्द्र श्रेष्ठले मामा भान्जा भैसी फर्म दर्ता गरेर भैसी व्यवसाय शुरु गरेका छन् । माध्यामिक तहको पढाई सकेर खाडीमुलुक हानिएको रवीन्द्र विदेशको लामो वसाई भन्दा नेपालमा केही गर्नुपर्दछ भन्ने सोचका साथ फर्केर भैंसीको व्यवसाय शुरु गरेका हुन् । विदेशको दुख नेपालमा नै गर्ने हो भने विदेशमा जतिको नेपालमा कमाई हुने सोच राखेर काम गरेका रवीन्द्र हाल विदेशको भन्दा राम्रो कमाई रहेको बताउछन् ।

व्यास नगरपालिका वडा नं ५, फुस्रेटारमा ५ रोपनी जग्गा खरिद गरेर भैसी व्यवसाय शुरु गरेका रवीन्द्रले हाल आएर १३ वटा भंैसी र ९ वटा पाडापाडी पालेका छन् । भैसीका दानाका लागी आफैले घाँस लगाएर खुवाएको रवीन्द्र विहान देखि नै भैसीको स्याहार, सुसारमा खट्ने गरेका छन् । युवा अवस्थाका रवीन्द्र आफुलाई भैसी पालन व्यवसायमा सन्तुष्ट मिलेको बताउछन् । विहानै उठेर भैसीको स्याहार सम्भार गर्ने, दुध दिने, वजारमा बिक्री गर्ने नित्य कर्म रहेको रवीन्द्रले दैनिक ४५ लिटर दुध बिक्री गर्दे आएका छन् ।

जीवनमा उद्यम उपरिहार्यता रहेको वताउदै आएका रवीन्द्रले कर्म गर्ने हो भने कृषिमा राम्रो सम्भावना देखेको वताउछन् । हालसम्म करिव २२ लाख हाराहारीमा व्यवसायमा लगानी गरिसकेका रवीन्द्रले अवका दिनमायही व्यवसायलाई नै वृद्धि गर्ने सोच राखेका छन् । दुख जुनसुकै क्षेत्रमा पनि गर्ने पर्ने वताएका रवीन्द्रले भैसी भारतवाट खरिद गरेको बताउछन् । करिव १ लाख हाराहारीमा एउटा भैसी खरिद गरेका भैसीले दैनिक सरदर ८ लिटर दुध दिनेबताउछन् । सम्पुर्ण खर्च र वैकको किस्ता तिरेर मासिक तीस हजार जति कमाएका उनले नगरपालिका वाट गोठ सुधार कार्यक्रमवाट ७५ हजार अनुदान पाएको समेत बताउछन् । सरकारले कृषकलाई थप प्रेरित गर्ने हो र काम गर्ने ईच्छा हुने हो भने कृषि पेशा राम्रो भएको समेत उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width