नवलपरासी, १५ बैशाख । पश्चिम नवलपरासीमा कार्यरत पत्रकारहरुका लागि प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा मार्फत आइतबार पत्रकारहरुलाई ७५ थान प्रेस ज्याकेट प्रदान गरेका हुन् । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय लगायतको उपस्थितिमा तिवारीले ज्याकेटसहित १ हजार थान मास्क र १ सय पिस ग्लब्स पत्रकारहरुलाई उपलब्ध गराएका हुन् ।
कोरोना संक्रमणका विरुद्ध पत्रकारहरु जोखिम मोलेर फिल्डमा खटिएको र उनीहरुको परिचय झल्काउनका लागि ज्याकेट प्रदान गरिएको तिवारीले बताए । महासंघका प्राप्त भएको ज्याकेट शाखामा आवद्ध सम्पूर्ण सदस्यहरुलाई वितरण गरिने पत्रकार महासंघका शाखा अध्यक्ष हरि शर्माले बताए ।
त्यसैगरी तिवारीले जिल्लास्थित सुरक्षाकर्मी, विपद् व्यवस्थापन समिति र एम्बुलेन्स चालकलाई पनि मास्क, ग्लब्स र सेनिटाईजर उपलब्ध गराएका छन् । उपलब्ध गराएका स्वास्थ्य सामाग्रीमा नेपाल प्रहरीलाई २ हजार पिस मास्क, २ सय पीस ग्लब्स र २० लिटर स्यानिटाइजर छ । त्यसैगरी शसस्त्र प्रहरीलाई ३ हजार पिस मास्क, ३ सय पिस ग्लब्स र २० लिटर सेनिटाइजर छ । नेपाली सेनालाई २ हजार पिस मास्क र २ सय पिस ग्लब्स, राष्ट्रिय अनुसन्धानलाई १ सय पिस मास्क छ । जिल्ला विपद् व्यवस्थापन समितिलाई १ हजार पिस मास्क र एम्बुलेस चालकलाई ३ सय पिस मास्क र ५० पिस ग्लब्स रहेको छ । उक्त सामाग्रीहरु प्रमुख जिल्ला अधिकारी दाहाल मार्फत हस्तान्तरण गरिएको हो ।
Related News
सम्बन्धित समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
पुस्तक दिवसमा पुस्तक साटासाट
स्वदेश फर्किए कतारी अमिर
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
पोखराको चाउथेमा गएराति स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१