हराएको सात महिनापछि कङ्काल फेला

रासस
वैशाख १५, २०७७
manb-kangal

Representative Image

रुकुमपूर्व, १५ वैशाख । सात महिनादेखि हराइरहेका भूमे गाउँपालिका–९ चुन्बाङका १३ वर्षीय विनय पुनको आज कङ्काल भेटिएको छ । गत वर्ष असोज ६ गतेदेखि हराएका पुनको आज कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो।

हराएका बालक नभेटिएपछि खोजी गरिदिन आग्रह गर्दै परिवारले गत वर्ष पुस ५ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो । बाख्रा चराउन गएका स्थानीयवासीले जंगलको खोल्सामा मानव कङ्काल भेटिएको खबर प्रहरीलाई गरेका थिए ।

बालकको घरदेखि आधा घण्टाको पैदल दूरीमा उनको कङ्काल भेटिएको हो । प्रहरीसंँग घटनास्थल पुगेका बालकका परिवारका सदस्यले उनले लगाएको कपडा र साथमा रहेको सामसुङ मोबाइलबाट शव पहिचान गरिएको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

बालकको मृत्यु आफैँ भएको नभई कसैले हत्या गरेको हुन सक्ने भन्दै परिवारले थप अनुसन्धान गर्न प्रहरीमा निवेदन दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width