जेलमै जन्मिएका सात महिने शिशु सहित दर्जी दम्पती रिहा

रामकुमार श्रेष्ठ
वैशाख १५, २०७७
comp_release

Representative image

नवलपरासी १४ बैशाख । पश्चिम नवलपरासी कारागारबाट सात महिने शिशु सहित एक दम्पती रिहा भएका छन् ।

बहुविवाह मुद्धामा जेल जीवन भोगिरहेका स्थानीय सुनवल ८ का रामबहादुर दर्जी र शान्ति परियार जेलबाट रिहा भएको जेलर जगत बस्नेतले बताए ।

विश्वब्यापी कोरोना त्राससंगै एक वर्ष भन्दा कम जेलसजाय भएका वन्दीको निवेदन अनुरुप अपराध हेरेर रिहाई गर्ने सरकारी निर्णय थियो ।

लकडाउनका कारण अदालतमा भर्नु पर्ने आवस्यक रकम बुझाउन नसक्दा दर्जी दम्पती जेलमै बसिरहेका थिए। जेल रिहाई निम्ती दर्जी दम्पती मध्ये रामबहादुरले १० हजार २ सय र शान्तिले ३९ हजार रकम बुझाउनु परेको थियो ।

एक वर्ष जेल सजाय पाएका रामबहादुर दर्जी यही जेठमा रिहा हुदै थिए भने शान्ति परियार गत भदौमा जेल परेकी थिईन । जेल परेको एक महिनामा शान्तिले जेल भित्रै छोरो जन्माएकी थिईन, तिनै सात महिने शिशु शुक्रबार आफ्नी आमाका साथ खुल्ला संसारमा आई पुगेका हुन् ।

मुलुकी अपराध कार्य विधि संहिताको महल १ सय ५५ अनुसार परासी कारागारका ९ वन्दीले आफ्नो रिहाईका लागि निवेदन दिएका थिए ।

तिनै मध्ये एक वर्षे बन्दी जीवन भोगिरहेका रामबहादुर र शान्ति सहित ८ जना रिहा भएको जेलर बस्नेतले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width