Worldlink ads

अझै १० दिन थपियो लकडाउन, २५ गतेसम्म हुने

प्रकाश ढकाल
वैशाख १४, २०७७
minister meeting

फाइल फाेटाे ।

पोखरा । कोरोना संक्रमण नियन्त्रणका लागि नेपालमा जारी लकडाउन बैशाख २५ गतेसम्म थपिने भएको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले थप १० दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले एक साता लकडाउन थप्न सिफारिस गरेको थियो । लकडाउनकै कारण कोरोना नियन्त्रण भएको ठहर गर्दै नेपालमा लकडाउन नै उपयुक्त हुने सुझाव समितिको थियो । तर मन्त्रीपरिषद् बैैठकले समितिको सिफारिस भन्दा लामो समय लकडाउन थपिदिएको हो ।

गएको चैत ११ गतेदेखि नेपालमा लकडाउन जारी छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads