अब अगाडी बढ्न तपाईहरूकाे भाेट आवश्यकता पर्छः दिवश

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७७
arthur gunn

‘अमेरिकन आइडल २०२०’ काे विभिन्न चारणहरु पार गर्दै अगाडि बढेका नेपाली गायक दिवेश पाेखरेलकाे भाेटिङ राउन्ड आज खुल्ला हुँदै छ।

गायक पोखरेल अमेरिकन आइडलको १८औं सिजनको टप २० प्रतिस्पर्धी हुन्।

उनले आफ्नाे फेसबुक पेज मार्फत भोट गर्न अपिल गर्दै आफूलाई यहाँसम्म अघि बढाउन सघाउने सबैलाई धन्यवाद दिएका छन् ।

गायक दिवेश अर्थात ‘अर्थर गन’ ले अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरी मन जितेका थिए।

अहिले दिवेशलाई जिताउन भोटिङको अभियान पनि सुरु गरिएको छ । एक भिडियो जारी गर्दै दिवेशले ‘अमेरिकन आइडल’को टप २० पर्फमेन्सको प्रिमियर हुन लागेको जानकारी दिँदै भोटिङ गर्न आग्रह गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width