पर्साको वीरगञ्जमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७७
90618177_858498007972053_4559723558460194816_n

पोखरा, १४ वैशाख । आइतबार राष्ट्रिय प्रयोगशालामा भएको परीक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उनीहरु दुवै जना ५० वर्षीय पुरुष भएको र उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ५१ पुगेको छ । आइतवार दिउसो १२.१५ वजेसम्मको तथ्याङकमा ५१ जना संक्रमितको संख्या हो, ती मध्य १२ जना निको भएर घर फर्किसकेका छन्।

संक्रमित दुवै जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ। उनीहरु दुवैजना वीरगञ्ज महानगरपालिका छपकैयाका मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएका व्यक्ति भएको बताइएको छ।भारतीय संक्रमितको सम्पर्कमा आएका स्वाब लिइ पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुई जनामा पोजिटिभ देखिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width