आवश्यक परे केन्दीय कमिटीकाे बैठक बाेलाउनुहाेस्ः बामदेव

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७७
Bamdev-Gautam-UML-Leder

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले  प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आफ्नो भेटबारे मनमौजी टिकाटिप्पणी भएको एक विज्ञप्तिमा बताएका छन् ।

‘सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्दीय कमिटीकाे बैठक बाेलाउनुहाेस्। साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ, उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ, भएको यत्ति हो ।’ विज्ञप्तिमा उल्लेख छ।

समय र परिस्थिति प्रतिकूल जारि अध्यादेशहरू खारेज गरिए पछि पनि अनेकाैं समस्या पार्टी भित्र उत्पन्न भएका छन्। यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाइ वाइपास गरेर हाेइन प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचरहरूकाे सामना गरेर मात्र गर्न सकिने उनले बताएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width