एक महिनापछि खोप नियमित

rss रासस
वैशाख १४, २०७७
khop

कास्की । कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारण स्थगित खोप कार्यक्रम आजदेखि शुरु हुने भएको छ ।

बन्दाबन्दीमा सामाजिक दूरी भङ्ग हुने भएकाले सङ्क्रमणको सम्भावित जोखिम रोक्न खोप स्थगन गरिएकामा पोखरा महानगरको स्वास्थ्य महाशाखाले एक महिनापछि वडा नं ११, १३ र १४ मा आज र वडा नं १२ र १५ मा वैशाख १५ गते खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

त्यसपछिका दिनमा यसअघिको तालिकाअनुसार नियमित खोप कार्यक्रम सञ्चालन हुने छ । महानगरमा गते अनुसार वडाका सम्बन्धित खोप केन्द्रमा बालबालिकालाई खोप दिने गरिएको छ । मातृ शिशु मितेरी अस्पताल, शिशुवा अस्पताल, सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्यचौकी तथा खोप केन्द्रमा यसअघि तोकिएको मिति र समयअनुसार खोप कार्यक्रम सञ्चालनको तयारी गरिएको सो महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले बताउनुभयो ।

गत चैत १० गतेसम्म पोखरामा खोप कार्यक्रम नियमित भएकामा बन्दाबन्दी शुरु भएपछि स्थगन गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै जारी गरेको कोभिड–१९ को महामारीको समयमा नियमित खोप कार्यक्रम सञ्चालनका लागि मार्गदर्शनअनुसार महानगरका ३३ वटै वडामा खोप कार्यक्रम शुरु गर्ने तयारी गरिएको छ ।

महानगरमा एक वर्षमुनिका १० हजार २१५ बालबालिका नियमित खोप कार्यक्रममा आवद्ध रहेको बताइन्छ । बालबालिकालाई जन्मेदेखि १५ महिनाको अवधिमा सातपटक विभिन्न ११ वटा रोगविरुद्ध खोप दिइन्छ । खोप दिँदा भौतिक दूरी कायम गर्ने, बच्चालाई खोप दिन नहुने अवस्थाको पहिचान गर्ने, खोप दिने स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा अवलम्बन गर्ने तथा लक्षित सबै बालबालिकालाई खोप लगाउने व्यवस्था गर्ने जारी मार्गदर्शन जारी भएको सिअहेव अधिकृत हरिलाल आचार्यले जानकारी दिनुभयो ।

जिल्लामा अन्य चार गाउँपालिकामा भने खोप कार्यक्रम शुरु भएको छैन ।

Related News

सम्बन्धित समाचार

    • युनाइटेड क्लबको वार्षिकोत्सव तथा सम्मान

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । युनाइटेड क्लब पोखराले सप्ताहव्यापी कार्यक्रम गर्दै ११ आंै वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार वार्षिकोत्सव समारोह…
    • अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      हेमजा । अन्नपूर्ण गाउँपालिकाका सुत्केरीलाई कुखुरा र कम्बल प्रदान गरिएको छ । ‘उपाध्यक्षसँग सुत्केरी’ कार्यक्रम अन्तर्गत उनीहरुलाई जनही २ वटा पोथी…
    • पत्रकार महासंघ कास्कीको पदस्थापन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । नेपाल पत्रकार महासंघ, कास्कीको हालै निर्वाचित नयाँ कार्यसमितिको मंगलबार सपथ ग्रहण तथा पदस्थापन गरिएको छ । निर्वाचन समिति…
    • नाईकर्मी उद्योग वाणिज्य संघमा आउन आग्रह

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । नेपाल नाई संघ कास्कीले प्रकाशन गरेको भित्तेपात्रो पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले विमोचन गरेका छन् ।…
    • ‘धार्मिक विखण्डन ल्याउन खोज्नेलाई चिन्न र चिनाउन आवश्यक ’

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले नेपालमा धार्मिक विखण्डन ल्याउने काम नेताहरुले नै गरेकाले ती नेतालाई चिन्न र चिनाउन…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग