आमाछाेरी सेती नदीमा मृत फेला

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७७
Death

Representative Image

पाेखरा । आमाछाेरी सेती नदीमा मृत फेला परेका छन्। उनीहरू ३ दिनदेखि हराइरहेकाेमा शनिबार तनहुँ ऋसिङ गाउँपालिका ३ मास्तीघाटस्थित सेती नदीमा मृत फेला परेका हुन् ।

तनहुँ ब्यास नगरपालिका १, भादगाँउ बस्ने हरिकृष्ण श्रेष्ठकी श्रीमती ३४ बर्षिय रविता श्रेष्ठ र उनी छोरी ११ बर्षिय प्रियाकाे शव पानीमा तैरिरहेकाे अवस्थामा भेटिएको हाे ।

उनीहरूकाे मृत्युको के कति कारण भयाे भन्नेबारे अनुसन्धान अघि बढाइएकाे गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जानकारी दियाे।

रविताका पति कामको शिलशिलामा भारतमा छन्।

Related News

सम्बन्धित समाचार

hero news full width