विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्वन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो ।
“म्यासेन्जर रुम” नाम दिइएको सो नयाँ सेवामा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको छ । सामुहिक भिडियो कुराकानी गर्न सकिने र बैठक, कार्यक्रम तथा अन्तरक्रियाहरु गर्न सकिनेगरी म्यासेन्जर रुम बनाइएको छ ।
याे फिचरहरू अनलाइन मिटिङ प्लेटफर्म ‘जुम’काे जस्तै गरी ल्याइएकाे छ । जुमले हालै ३० कराेड भन्दा बढी प्रयाेगकर्ता भएकाे घाेषणा गरेकाे थियाे ।
म्यासेन्जर रुम भिडियो कुराकानीका लागि कुनै समय सीमा तोकिएको छैन । असिमित समयसम्म कुराकानी गर्न सकिने व्यवस्था गरिएको छ ।
सामुहिक भिडियो कुराकानीका लागि कुनै एउटा व्यक्तिले फेसबुकमा म्यासेन्जर रुम बनाएर कुनै पनि व्यक्तिलाई कुराकानीका लागि निमन्त्रणा गर्न सक्दछ । निमन्त्रणा गर्दा फेसबुक आइडी नभएको व्यक्तिलाई पनि गर्न सकिने गराइएको छ ।
भिडियो कुराकानीमा नियमन्त्रणा गरेको व्यक्तिले को को भिडियो कुराकानीमा सहभागी भएका छन् भन्ने थाहा पाउने र चाहेको व्यक्तिलाई हटाउन पनि मिल्ने गराइएको छ ।
फेसबुकको दायाँ साईडबाट भित्र छिरेपछि यस्तो सेवा शुरु गर्न सकिने व्यवस्था गरिएको छ । भिडियो कुराकानीमा सुरक्षा र गोपनीयताको पूर्ण सुनिश्चितता गरिएको पनि फेसबुकले दाबी गरेको छ । उता ‘जुम’ एपकाे सुरक्षा र गोपनीयतामा जुम माथि प्रश्न उठ्दै आइरहेकाे छ ।
फेसबुकको यो नयाँ सेवा “म्यासेन्जर रुम” केही देशमा प्रयोग गर्न सकिनेगरी यसै हप्ता खुल्ला गरिने छ भने अन्य देशका लागि विस्तारै खुल्ला गर्ने तयारी गरिएको फेसबुकले जनाएको छ।
Related News
सम्बन्धित समाचार
पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन
साइबर अपराधविरुद्ध सचेतना
टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन
साइबर सुरक्षासम्बन्धी कार्यशाला
प्रतिबन्ध कार्यान्वयनमा सघाउन आग्रह गर्दै टिकटकलाई प्राधिकरणको जवाफी पत्र
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१