मादीको चितेपानी र देउमाणिमा निःशुल्क औषधि

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७७
madi sibir (1)

पोखरा, १३ बैशाख । कास्कीको मादी गाउँपालिका–५ मा लकडाउनबीच पनि स्वास्थ्यकर्मीसहितको टोलीले घरघरमा बिरामीको स्वास्थ्य जाँच गरेको छ । सो क्रममा निःशुल्क औषधि वितरण समेत गरियो ।

चितेपानी ट्रष्टको आयोजना तथा मादी गाउँपाकिला–५ समितिको विपद् व्यवस्थापन सहयोगअन्तर्गत सो कार्यक्रम गरिएको जनप्रतिनिधि सरोज केसीले जानकारी दिए । लकडाउन कारण अस्पतालसम्म पुग्न नपाई औषधि सेवन गर्न नपाएका, असहाय, अशक्त र नियमित उपचारबाट वञ्चित सुनपँदेली, चितेपानी, देउमाणि टोलका करिब ५६ जना बिरामीलाई सेवा दिइएको हो । लकडाउनपछि फरक शैलीमा दिइएको सो सेवा अति नै उपयोगी भएको सहभागीले प्रतिक्रिया दिए ।

माँदी–५ का सबै नागरिकमा लक्षित सो कार्यक्रम पहिलो चरणमा सकिएको र तत्कालै अन्य टोलमा समेत बिरामी कति छन् भन्नेबारे डाटा संकलन गरी दोस्रो चरणको कार्यक्रम लिएर पुग्ने चितेपानी ट्रष्टका अध्यक्ष टीकाराम सापकोटा बताए ।घुम्ती शिविर संचालनमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. राजेश अधिकारी, डा. पद्म ढुंगाना, फार्मासिष्ट गणेश बराल लगायतले सेवा दिएका हुन् ।डा. अधिकारीले लकडाउनमा पनि गाउँमै पुगेर सेवा दिन पाउँदा खुशी लागेको बताए । उनका अनुसार नियमित सेवा लिने सबैलाई औषधिसहित सेवा दिएको र पहिलो चरणको परीक्षणमा कुनै जटिल समस्या नरहेको जनाए । घुम्ती शिविरमा विभिन्न राजनीतिक दल, सामुदायिक प्रहरी कालिका र समाजसेवीको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width