पोखरा, १३ बैशाख । राष्ट्रिय फोटोपत्रकारिता दिवस–२०७७ यसपालि कोरोना भाइरसको जोखिमबीच परेको छ ।
दिवस अवसरमा शनिबार देशभर विगतमा जस्तो विविध कार्यक्रम हुन नसकेपनि फोटोपत्रकारले आ–आफ्नो ढंगले दिवस मनाइरहेका छन् । यसैक्रममा नेपाल फोटोपत्रकार संघ कास्कीले दिवस अवसरमा सम्पूर्णलाई शुभकामना व्यक्त गर्दै यस्तो परिस्थितिमा पनि सर्वसाधारणलाई सुसूचित पार्ने आफ्नो जिम्मेवारीबाट विचलित नभई ज्यानको पर्वाह नगरी अहोरात्र खटिरहेका फोटोपत्रकारहरु प्रति आभार ब्यक्त गरेको छ ।
संघ कास्कीका अध्यक्ष प्रदीप पौडेलले विज्ञप्ति जारी गरी जस्तोसुकै परिस्थितिमा पनि तस्वीर खिच्न कार्यक्षेत्रमै जानुपर्ने बाध्यता रहेको र यसबीचमा फोटोपत्रकारको कार्यको उच्च प्रशंसा गर्दै स्वास्थ्यप्रति संवेदनशील बन्न सुझाव दिएका छन् ।लकडाउन एक महिना कटिसकेको अवस्थामा राज्य तथा संचार गृहबाट फोटोपत्रकारको लागि आवश्यक सुरक्षा सामग्री समेत समयमै उपलब्ध गराउन नसकेकोप्रति ध्यानाकर्षण गराउँदै तत्काल आवश्यक प्रबन्ध मिलाइदिन संघ कास्की सम्बन्धित निकायलाई आह्वान गरेको छ ।
यसैबीच, नेपालफोटोपत्रकार महासंघ गण्डकीका तर्फबाट अध्यक्ष राम गुरुङले पनि दिवस अवसरमा विज्ञप्ति जारी गरी सम्पूर्णमा शुभकामना दिँदै यस विषम परिस्थितिमा आफ्नो स्वास्थ्यप्रति ख्याल गरी कार्यक्षेत्रमा खटिन आग्रह गरेका छन् ।नेपाल फोटोपत्रकार संघ कास्कीले राष्ट्रिय फोटोपत्रकारिता दिवस अवसरमा गण्डकी प्रदेशका विभिन्न पर्यटकीयस्थलको फोटो प्रदर्शनी गर्ने तयारी गरेकोमा लकडाउनका कारण स्थगित गरेको जनाएको छ ।प्रदर्शनीमा प्रदेशका ११ वटै जिल्लाका पर्यटकीय, सांस्कृतिक तथा कला संस्कृति झल्किने खालका ७० वटा फोटो प्रदर्शनी गर्ने तयारी थियो ।
Related News
सम्बन्धित समाचार
द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा
भेडीगोठमा झलल बिजुली, सरर्र मोटर
पर्यटन प्रवद्र्धनमा युनाइटेड क्लब
जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने
स्याङ्जाका द्वन्द्वपीडित ८ जनालाई परिचयपत्र
hero news full width
मुख्य समाचार
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
वैशाख ७, २०७८पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८