लेखनाथ, १३ बैसाख । लेखनाथ उद्योग वाणिज्य संघले पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ सम्मका अति विपिन्न परिवारलाई दैनिक रुपमा विहान र वेलुकाको खाना खुवाउने काम जारी राखेको छ ।
गत बैसाख ९ गते देखि जारी अभियान अन्तरगत प्रत्येक दिन करिव १२ सय जनालाई विहान बेलुकाको खाना खुवाउदै आएको संघका अध्यक्ष वलराम ढकालले जनाकारी दिएका छन् ।
विश्वव्यापी रुपमा फौलिएको कोभिड—१९ को प्रकोपलाई नियन्त्रणका लागि सरकारले गत चैत ११ गते देखि लगाएको लकडाउनका कारण घरमा चुलै नबल्ने अवस्थामा पुगेका अति विपिन्न परिवारको समस्यालाई मध्यनजर राख्दै संघले पोखरा २६ को नमस्ते पाटी प्यालेसमा खाना पकाएर सम्वन्धित ठाँउमा नै खाना पुर्याउदै आएको छ ।
सम्वन्धित वडाको सिफारीस र स्थानिय टोल विकास सस्था तथा आमा समुहको सहयोगमा नामावली संकलन गरी विहान ९ वजे र बेलुका ६ वजे खाना तयार गरी पाइक पर्ने विभिन्न ठाउमा तयारी खाना बितरण गर्दै आएको संघका महासचिव गोपीचन्द्र वास्तोलालले जनकारी दिएका छन् ।तयार गरिएको खाना वडा नं २८ को कालिकासम्म पुर्याउन अप्ठेराे भएकाले वडा नं २८ का लागि राहत सामाग्री नै वितरण गरिएको हो भने वडा नं ३२ को भौगोलिक अवस्थालाई मध्यनजर राखेर राजाकोचौतारमा स्थानीयवासीको सहयोग र अन्य सामाजिक संघ सस्थाको समन्वयमा खाना तयार गरी दैनिक रुपमा करिव तीन सय ७० जनालाई तयारी खाना खुवाउदै आएको संघका द्धितीय उपाध्यक्ष विनोद श्रेष्ठको भनाई रहेको छ । यो अभियान बैसाख १५ गते सम्म जारी रहने र त्यस पछिको अवस्थालाई हेरेर नयाँ योजना बनाउने सोचले तयारी खाना वितरण गरिएको हो ।
Related News
सम्बन्धित समाचार
लेउवा संघ गण्डकीकै उत्कृष्ट
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
लेउवा संघले दियो सदस्य परिवारलाई राहत
hero news full width
मुख्य समाचार
पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित
गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
वैशाख ३, २०७८विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन
वैशाख ३, २०७८कास्कीका विद्यालय बन्द नहुने
वैशाख २, २०७८कास्कीसहित १४ जिल्लामा विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान स्वास्थ्य मन्त्रालयको अपिल
वैशाख २, २०७८अस्थिरता नआओस् भनेर संसद अधिवेशन अन्त्य गरेको हो : मुख्यमन्त्री गुरुङ
वैशाख २, २०७८