२४ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७७
viber_image_2020-04-25_11-19-09

पोखरा, १३ वैशाख । नव आदर्श सामुदायिक विकास समाज पोखरा–१९ ले शनिवार रक्तदान गरी २४ युनिट रगत संकलन गरेको छ ।

क्षेत्रीय रक्तसंचार केन्द्रमा रगतको अभाव देखिन थालेपछि समाजले सामाजिक दुरी कायम गर्दै रक्तदान कार्यक्रम गरेको हो । पोखराको लामाचौर चोकमा गरिएको आकस्मिक रक्तदानमा कार्यक्रममा समाजका अध्यक्ष कमलबहादुर थापा र संस्थाका स्वास्थ्य सेजवा संयोजक अर्जुन भण्डारीले सबिन जिसीलाई ब्लड व्याग हस्तान्तरण गरी शुभारम्भ गरेका थिए ।

कार्यक्रमको शुभारम्भ पोखरा महानगरपालिका वडा नं.१९ का वडा अध्यक्ष शोभामोहन पौडेलको उपस्तिथि रहेको थियो । प्राविधिक सहयोग क्षेत्रीय रक्त संचार केन्द्र पोखराले गरेको जानकारी समाजका सचिब दिनेश भण्डारीले बताए ।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width