‘लभ डायरिज’ युट्युबमा सार्वजनिक : एक दिनमा ८ लाख बढीले हेरे

विनिता सुनार
वैशाख १२, २०७७
love daries photo

पोखरा, बैशाख १२ । सौरभ चौधरी निर्देशित चलचित्र ‘लभ डायरिज’ युट्युबमा सार्वजनिक भएको छ । मातातीर्थ औँसीको अवसर पारेर विहिवार युट्युबमा सार्वजनिक गरिएको हो ।

गत फागुन २ गते अल नेपाल रिलिज भएको उक्त चलचित्रले सोचेजस्तो दर्शकको साथ भने पाएन । जसकारण चलचित्रलाई निर्माण पक्षले पुन रिलिज समेत गरेको थियो ।

सुशील श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र त्रिकोणत्मक लभ स्टोरीमा आधारित छ । होस्टेल रिर्टन्स चलचित्रबाट डेब्यू गरेका श्रेष्ठले सायद २, कारखाना, बादशाह जुट लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् । ‘एक्सन’ चलचित्रको लुक्समा देखिने श्रेष्ठले हालसम्म अभिनय गरेको चलचित्रबाट सन्तुष्ट पाउन सकेका छैनन् ।

विनोद साप्कोटाको लगानी रहेको चलचित्रमा सुशील श्रेष्ठ, डेब्यू नायिका रुविना थापा सहित विश्वजित रिमाल लगायत कलाकारहरुको अभिनय रहेको छ । यस्तै जुम्लिया दिदी बहिनीको डान्स र बाल कलाकार कमला घिमिरेलाई पनि चलचित्रमा देख्न सकिन्छ ।

२४ घण्टामा चलचित्रलाई आठ लाख बढीले हेरिसकेका छन् भने ३३ हजारले मन पराएका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपाल अहिले लकडाउनमा छ । जारी लकडाउनलाई मध्येनजर गर्दै पछिल्लो समय नयाँ–नयाँ चलचित्रहरु युट्युबमा सार्वजनिक भइरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width