पोखरा नदीपुरमा हरेक दिन २ सय परिवारलाई निशुल्क खाना

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७७
p 12

पोखरा, १२ बैशाख । नगर तरुण दलको सक्रियतामा पोखरा–३ नदिपुरमा विपन्न वर्गका लागि मेस सञ्चालन गरी खाना खुवाउने कार्य शुरु गरिएको छ ।

लकडाउनका कारण खाद्यान्न अभाव भोगीरहेका तथा घरमा चुल्हो बाल्न नसकेकाहरुलाई लक्षित गरी मेस सञ्चालन गरिएको संयोजक महेन्द्र भान्जा पुनले जानकारी दिए । बैशाख १० गते देखि सञ्चालन मेस १५ गते सम्म जारी रहने छ । ‘हामीले हरेक दिन २ सय परिवारका लागि खाना तयार गरी वितरण गरिरहेका छौं।’ कार्यक्रमको सहकार्य गरिरहेको नदीपुर युनाइटेड क्लबका संस्थापक सचिव विकास पुनले भने ‘आवश्यकताा र माग अनुसार घरघरै खाना पुर्याउने काम गरिरहेका छौं ।’

अहिले ५ सय जनालाई खाना वितरण गरिरहेको पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजुले बताए । उनले वडा नम्बर ३ का बासीन्दालाई मात्रै नभएर आवश्यकता अनुसार पोखराका विभिन्न वडामा खाना पुर्याइएको बताए । पोखराको नयाँ बसपार्क, अँधेरीकुना, मालेपाटन, बिरौटा, दीप, फूलबारी लगायतका क्षेत्रमा खाना पुर्याइएका छ । आवश्यकता अनुसार १ हजार जनालाइ खाना वितरण गर्ने योजनामा आफुहरु रहेको संयोजक महेन्द्र भान्जा पुनले जनाए

हरेक दिन २ सय परिवारका लागि कोपिलढुँगा बालविकास केन्द्रमा खाना तयार गरी वितरण गरिरहेको नगर तरुण दलले कार्यक्रमका लागि पोखरा महानगरपालिका वडा नम्बर ३ कार्यलय तथा नदीपुर युनाइटेड क्लबसंग सहकार्य गरको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width